समाचार

    Showing 23,031-23,040 of 26,026 items.
  • अव झापाबाट पोखरा उडान हुने

    बिर्तामोड / झापा सदरमुकाम भद्रपुरबाट संघीय राजधानी काठमाण्डौ मात्रै उडान हुँदै आएको विमानस्थलबाट भारतीय पर्यटकलाई लक्षित गरी पोखरा सिधा उडान हुने भएको छ । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अन्तर प्रादेशिक उडान अन्तर्गत भारतीय सीमावर्ती राज्य पश्चिम बंगाल र सिक्किमका पर्यटकलाई लक्षित गरी वैशाख २ गतेबाट उडान सुरु गर्ने भएको हो ।इलामको चियाबगान , ताप्लेजुङको पाथिभरा सहित भारतको दार्जिलिङ र सिक्किम सहितका ठाउँलाई पोखरासँग जोड्नका लागि नयाँ गन्तव्यमा उठान थाल्ने निर्णय भएको बुद्ध एयरले जनाएको छ । नेपाल र भारत सहित तेस्रो मुलुकका पर्यटक सम्मको रोजाईमा पर्ने ठाउँलाई जोड्नका लागि दैनिक

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 699 पटक पढिएको
  • खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

    सोलुखुम्बु / सोलुखुम्बुमा खोलामा डुबेर  ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-७ चेराखु बस्ने जीवन राईको ५ वर्षीया छोरी पबित्र राई रहेकी छिन् । आज बिहान १२ बजेको समयमा घर नजिकै रहेको बर्खु खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट  खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 64 पटक पढिएको
  • इटहरी र विराटनगरमा दैनिक १४ घण्टा लोडसेडिङ हुदाँ उद्योगीहरू समस्या

    बिर्तामोड /  नेपाल विद्युत प्राधिकरणले नेपालका बिभिन्न ठाउँमा अघोषित रुपमा लोडसेडिङ गर्दै आइरहेको छ ।  लोडसेडिङका कारण उद्योगीहरू व्यवसायीहरू समस्या परेका छन् । प्राधिकरणले इटहरी र विराटनगरमा विगत एक साता अघि देखि दैनिक १४ घण्टासम्म विद्युत कटौती गर्दै आएको छ  । प्राधिकरणले भारत सँग विद्युत खरिद गरि ल्याउन नसकेको भन्दै कुनै जानकारी बिना नै विद्युत कटौती गरेका कारण उद्योगहरू थप समस्यामा परेको बताउँछन् । विद्युत प्राधिकरणले उद्योगहरूलाई तत्काल विद्युत उपलब्ध गराउनु पर्ने  उद्योगहरूको भनाइ रहेको छ ।दैनिक रुपमा  १२ देखी १४ घण्टा सम्म भइरहेको लोडसेडिङले ६० प्रतिशत 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 83 पटक पढिएको
  • कर्णालीमा मिनीबस खस्दा दुई घाइते ,एक बेपत्ता

    कर्णाली / कर्णालीको कालिकोटमा आइतबार मिनीबस दुर्घटनामा २ जना घाइते र एक बेपत्ता भएका छन् । कालिकोटको पचाल झरना स्थित कर्णाली नदीमा मिनिबस खस्दा बसमा सवार चालक र एक महिला यात्रु घाइते भएका हुन् ।  पचालझरना गाउँपालिका–८ पर्ने भुइँचेचाङ र खोली बजार नजिक जीतेगडा–कोल्टी सडकखण्डमा सडकबाट ००२ ख ०१६२ नम्बरको मिनीबस नदीमा खसेको प्रहरीले जनाएको छ ।  गाडीमा सवार तीनजना मध्ये गाडीका सहचालक बेपत्ता भएका छन् । दुर्घटनामा घाइते भएका बसका चालक बोल्न नसक्ने अवस्थामा छन् भने महिलालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 64 पटक पढिएको
  • सार्वजनिक शौचालयमा ताला स्थानीय निकाय चुपचाप

    बिर्तामोड  / नेपालका अधिकांश ठाउँमा सार्वजनिक शौचालय नभएर मानिसहरू बाहिरै दिसा पिसाब गर्न बाध्य छन् कति पय ठाउँमा  भने शौचालय निर्माण भए पनि प्रयोगमा आउन सकेको छैन् ।  झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्नै लगानीमा ३ वटा सार्वजनिक शौचालय निर्माण गरेपनि  तिन मध्ये १ शौचालयमा नियमित प्रयोगमा आएको बाकी र  २ वटा शौचालय प्रयोगमा बिहिन  बनेका छन् । गाउँपालिकाको वार्ड न. ४ स्थित बर्ने चिया कमानको छेउमा मेची राजमार्गसँगै  जोडिएको शौचालय विगत २ वर्ष देखी प्रयोगमा ल्याइएको छैन । बुद्धशान्ति गाउँपालिकाका इन्जिनियर बिक्रम दाहालले दिएको जानकारी अनुसार १ लाख ८२ हजार ५४

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 173 पटक पढिएको
  • फेरी बढ्यो भाडा : कुन रुटमा कति ( सुचीसहित )

    बिर्तामोड / पेट्रोलियम पदार्थको भाडा बढेपछि सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा १० देखि १५ प्रतिशत बढाउने निर्णय गरेको छ ।गत चैत्र १७ गतेको मन्त्री स्तरीय निर्णयका आधारमा बढेको भाडा आइतबारबाटै लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ ।विभागले एक सूचना जारी गरी अन्तर प्रदेश यात्रुबाहक सवारीको भाडा १० प्रतिशत , पहाडमा मालबाहक सवारीका लागि १३ प्रतिशत र तराईमा १५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको जनाएको छ । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 111 पटक पढिएको
  • टिकटकमा प्रहरीको पोसाक र हतियारको दुरुपयोग बढ्दो, छ जनालाइ कारवाही

    बिर्तामोड / सामाजिक सञ्जाल टिकटकमा पोसाक र हातहतियारको दुरुपयोग गरेको भन्दै ६ जना प्रहरी कारवाहीमा परेका छन् । सुरक्षामा खटिएको बेला पोसाकको चरम दुरुपयोग गरेकै कारण उनीहरु कारबाहीमा परेका हुन् ।कारवाहीमा पर्नेमा असई कमलेश यादव, हबलदार रेनुका सोनाम, जवान अशोक राई, प्रहरी निरीक्षक कनक शाही, प्रहरी नायब निरीक्षक (सई) थापा र सशस्त्र प्रहरी बल (एपीएफ) का जवान बलबहादुर परियार रहेका छन् । चलचित्र, टेलिचलचित्र र टिकटक भिडियोमा पोसाकको दुरुपयोग भएकामा ध्यानाकर्षण भएको भन्दै २०७७ साल असोज २२ गते प्रहरी प्रधान कार्यलयले प्रेस विज्ञप्ति निकालेको थियो । प्रेस विज्ञप्तिमा स्वीकृति नलिइ कुनै पनि कार्य गरे का

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 224 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

    झापा / मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको छ । आज बिहान देखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक तर्फका ३१ उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार मौसममा सुधार हुने बितीकै उडान तथा अवतरण नियमित हुने छ । भिजिबिलिटी कम हुँदा शनिबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरण प्रभावित भएका थिए । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 63 पटक पढिएको
  • राजवंशी समाज विकास समिति भद्रपुरको अध्यक्षमा पवन निर्वाचित

    भद्रपुर / राजवंशी समाज विकास समिति भद्रपुरको अध्यक्षमा पवन राजवंशी निर्विरोध निर्वाचित भएका छन् । नेपाल सामुदायिक भवनको सभा हलमा आयोजित समितिको तेस्रो नगर अधिवेशनबाट पवन अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि सन्तोष राजवंशी, उत्तम राजवंशी र पुष्पलाल राजवंशीले पनि उम्मेदवारी दिएका थिए । तर उनीहरु तीनै जनाले उम्मेद्वारी फिर्ता लिएका थिए ।  समितिको उपाध्यक्षमा वसन्त राजवंशी र महिला उपाध्यक्षमा संहिता राजवंशी निर्वाचित भएका छन् भने सचिवमा मन्दिप राजवंशी र सहसचिवमा जयदेव राजवंशी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुजाता राजवंशी सुचित्रा राजवंशी निर्वाचित भ

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 86 पटक पढिएको
  • 'घोपा बचाउ अभियान' भन्दै सडकमा उत्रिए युवाहरू

    बिर्तामोड / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमिततालाई राजनैतिक दलले पटक पटक संरक्षण गर्दै भन्दै युवाहरू सडकमा उत्रिएका छन् । प्रतिष्ठानको  फितलो व्यवस्थापन र लाचारपन दिन प्रतिदिन बढ्दै गएको भन्दै सयौँको सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका हुन् । घोपा बचाउ अभियानको नारा सहित निस्किएको युवाहरूको र्‍याली भानुचोक, पुतलीलाइन , बुद्ध चोक हुँदै बिपीको डेन्टलको गेट अगाडि गएर कोणसभामा परिणत भएको थियो ।विरोध र्यालीका अभियन्ता सुदन गुरुङले भने ‘अरु बेलाको जस्तो आन्दोलन यो हैन यो अरु भन्दा फरक छ । हामी कुनै पार्टीमा आवद्ध भएर आन्दोलन गरेको होइनौँ । हामी नेपाली हौँ यहाँको स

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 74 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.