बिर्तामोड /  नेपाल विद्युत प्राधिकरणले नेपालका बिभिन्न ठाउँमा अघोषित रुपमा लोडसेडिङ गर्दै आइरहेको छ ।  लोडसेडिङका कारण उद्योगीहरू व्यवसायीहरू समस्या परेका छन् । प्राधिकरणले इटहरी र विराटनगरमा विगत एक साता अघि देखि दैनिक १४ घण्टासम्म विद्युत कटौती गर्दै आएको छ  । प्राधिकरणले भारत सँग विद्युत खरिद गरि ल्याउन नसकेको भन्दै कुनै जानकारी बिना नै विद्युत कटौती गरेका कारण उद्योगहरू थप समस्यामा परेको बताउँछन् । विद्युत प्राधिकरणले उद्योगहरूलाई तत्काल विद्युत उपलब्ध गराउनु पर्ने  उद्योगहरूको भनाइ रहेको छ ।

दैनिक रुपमा  १२ देखी १४ घण्टा सम्म भइरहेको लोडसेडिङले ६० प्रतिशत उत्पादनमा कटौती भएको नेपाल उद्योग परिसंघ प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए । एक साताबाट नियमित रुपमा सुरु भएको विद्युत कटौती दिन प्रतिदिन कटौती बढ्दै गइरहेको परिसंघ प्रदेश १ अध्यक्ष  घिमिरेले बताएका छन् ।

OM Sai Pathibhara Hospital

नेपाल विद्युत प्राधिकरणले अहिले मकवानपुर र चितवनमा १४ घण्टा , हेटौँडा औद्योगिक क्षेत्रमा १२ घण्टा र काठमाडौँ ,वीरगञ्ज क्षेत्रमा १० घण्टा विद्युत कटौती गर्दै आएको छ ।  उद्योगीहरूले ठूला उद्योगलाई नियमित विद्युत उपलब्ध गराउन र यदि  नियमित विद्युत नगराउन नसके   प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत उद्योगहरूले गरेका छन् ।