बिर्तामोड / पेट्रोलियम पदार्थको भाडा बढेपछि सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा १० देखि १५ प्रतिशत बढाउने निर्णय गरेको छ ।
गत चैत्र १७ गतेको मन्त्री स्तरीय निर्णयका आधारमा बढेको भाडा आइतबारबाटै लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले एक सूचना जारी गरी अन्तर प्रदेश यात्रुबाहक सवारीको भाडा १० प्रतिशत , पहाडमा मालबाहक सवारीका लागि १३ प्रतिशत र तराईमा १५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको जनाएको छ ।