भद्रपुर / राजवंशी समाज विकास समिति भद्रपुरको अध्यक्षमा पवन राजवंशी निर्विरोध निर्वाचित भएका छन् । 

नेपाल सामुदायिक भवनको सभा हलमा आयोजित समितिको तेस्रो नगर अधिवेशनबाट पवन अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

अध्यक्ष पदका लागि सन्तोष राजवंशी, उत्तम राजवंशी र पुष्पलाल राजवंशीले पनि उम्मेदवारी दिएका थिए । तर उनीहरु तीनै जनाले उम्मेद्वारी फिर्ता लिएका थिए ।  

समितिको उपाध्यक्षमा वसन्त राजवंशी र महिला उपाध्यक्षमा संहिता राजवंशी निर्वाचित भएका छन् भने सचिवमा मन्दिप राजवंशी र सहसचिवमा जयदेव राजवंशी निर्वाचित भएका छन् । 

त्यस्तै कोषाध्यक्षमा सुजाता राजवंशी सुचित्रा राजवंशी निर्वाचित भएकी छिन् भने सदस्यहरूमा रसद राजवंशी, मोहन राजवंशी, बिजेन्द्र राजवंशी, विष्णु राजवंशी, शर्मिला राजवंशी, हलसरि राजवंशी निर्वाचित भएका छन् ।