बिर्तामोड / नेपालका अधिकांश ठाउँमा सार्वजनिक शौचालय नभएर मानिसहरू बाहिरै दिसा पिसाब गर्न बाध्य छन् कति पय ठाउँमा भने शौचालय निर्माण भए पनि प्रयोगमा आउन सकेको छैन् ।
झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्नै लगानीमा ३ वटा सार्वजनिक शौचालय निर्माण गरेपनि तिन मध्ये १ शौचालयमा नियमित प्रयोगमा आएको बाकी र २ वटा शौचालय प्रयोगमा बिहिन बनेका छन् । गाउँपालिकाको वार्ड न. ४ स्थित बर्ने चिया कमानको छेउमा मेची राजमार्गसँगै जोडिएको शौचालय विगत २ वर्ष देखी प्रयोगमा ल्याइएको छैन ।
बुद्धशान्ति गाउँपालिकाका इन्जिनियर बिक्रम दाहालले दिएको जानकारी अनुसार १ लाख ८२ हजार ५४८ कुल लागतमा शौचालय निर्माण भएको हो । शौचालय प्रयोग नहुदाँ मानिसहरू खुल्ला ठाउँमा दिसा पिसाब गर्न बाध्य छन् । स्थानीय सरकारको लगानीमा निर्माण भएको भौतिक संरचना प्रयोग नभएपछि जता ततै दिसा पिसाबको दुर्गन्ध फैलिएको छ ।
शौचालयमा पानीको समस्या र रेखदेख गर्ने मानिस नहुदाँ शौचालयको यो गति भएको स्थानीयको भनाई छ । स्थानीय सरकारले सार्वजनिक शौचालय व्यवस्थापनमा ध्यान दिनुपर्ने भएपनि यस तर्फ गाउँपालिकाको ध्यान जान सकेको छैन । गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलका अनुसार उक्त क्षेत्रलाई पर्यटकीय स्थल बनाउन खोजिएको तर कोभिड -१९ का कारण योजना अगि बढाउन नसकेको बताए ।
आर्थिक वर्षको नयाँ बजेटमा त्यस क्षेत्रलाई थप व्यवस्थापन गरिने अध्यक्ष रमेश कुमार भुजेलले बताए । बि स २०७६ असोज १३ गते सोमबार तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीले नेपाललाई खुल्ला दिशा मुक्त देश घोषण गरेका थिए । आलीको घोषणा अहिले सम्म पनि कार्यन्वयनमा आएको पाइएको छैन ।