बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-७ सुकुम्बासी टोलका ५४ वर्षीय अमृत खड्का रहेका छन्। हिजो (मंगलबार) इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खड्काको साथबाट १४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका खड्काको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / झापा हल्दीबारी गाउँपालिका -२ पशुपति चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी -५ का ४८ वर्षीय बिक्रम तामाङ रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ७ बजे कन्चन निर्माण सेवाको बा १ ज ७७४७ नम्बरको ट्रिपरबाट गिट्टी अनलोड गर्ने क्रममा ट्रिपरले विद्युतको तारमा छुँदा तामाङलाई करेन्ट लागेको हो । करेन्ट लागी घाईते भएका तामाङलाई तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड ल्याइए पश्चात डाक्टरले मृत घोषणा गरेका हुन् । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङ/ मोरङको धनपालथान डकुवा डाँडामा रहेको एबीसी इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । हिजो (मंगलबार) दिउँसो इँटाभट्टाका कामदार भारत वेस्ट बंगालका लालतन आलमको २ वर्षीय छोरा अरमान मिया पानीमा डुबेको अवस्थामा फेला परेका हुन् । खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबी अचेत अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्याइएकोमा चेकजाँच गरी डाक्टरले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज / भारत सँग सिमाना जोडिएको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका -१४ स्थित गण्डक इलाकाबाट सशस्त्र प्रहरीले करिव ९४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । मंगलबार सशस्त्रले वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना २ ख ९५४३ नम्बरको ट्रकमा प्रज्ञापन पत्र नभएको औषधिजन्य सामाग्री र किराना सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको ट्रक सहित सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।यस्तै सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका १४ स्थित गण्डक इलाकाबाट मंगलबार नै करिव ५१ लाख ९२ हजार रुपैयाँ बरा
इलाम / इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा नेपालकै सबैभन्दा अग्लो गणेश भगवानको मूर्ति राखिने भएको छ । नयाँबजारका युवा तथा व्यवसायी मुकेश भण्डारीले करिब १६ लाख लागतमा उक्त मूर्ति निर्माण गर्न लागेको हुन् । नयाँबजारको धार्मिक एवम् पर्यटकीय क्षेत्र दुर्गा मन्दिरको प्राङ्गणमा करिब २१ फिट अग्लो मूर्ति राखिने भएको हो । काठमाडौँ बस्दै आएका भण्डारीले आफू जन्मेको हुर्केको ठाउँलाई विश्वसामु चिनाउन साथै धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन लागेको बताए । मङ्गल चतुर्थीको शुभ अवसर पारेर आज प्रतिमा राख्ने शुभसाइत गरेर शिलान्यास गरिएको दुर्गा मन्दिर व्यवस्थापन सम
इनरुवा / सुनसरीको इनरुवा नगरपालिका-६ मधेशा स्थित नहरको पानीमा डुबी १ जना बुद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय बिर्ख बहादुर निरौला रहेको प्रहरीले जनाएको छ । आज दिउसो निरौलालाई छिमेकीले आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा परेका थिए । निरौलालाई तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ / मोरङको केराबारी गाउपालिका- ८ स्थितमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक केराबारी-१० का १९ वर्षीय पिलिज बि क रहेका छन् । आज बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भएका बि क को स्थानिय सुकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड / नेपाल प्रहरीका पूर्व अधिकारी एवं सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले हिन्दु संघका पर्सा अध्यक्ष काशिनाथ तिवारीको हत्यामा एमाले नेता प्रभु साहको हात रहेको दावी गरेका छन् ।तत्कालीन समयमा माओवादी केन्द्रका नेता रहेका साहको तिवारी हत्यामा संलग्नता खुलेको भएपनि तत्कालीन समयमा उनीमाथि कारवाही गर्न सरकारको असहयोगका कारण नसकिएको बताएका छन् ।तत्कालीन समयमा वरिष्ठ प्रहरी उपरीक्षक रहेका खरेलले हत्यामा संलग्न साहलाई जोगाउन राजनैतिक दल र शक्ति केन्द्र नै लागेकाले उनी कारवाहीमा नपरेको बताउँदै भने – म तत्कालीन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साँच्चिकै देशमा सुशासन भएको भए प्रभ
गाईघाट / उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षीय राजेन्द्र ढकाल रहेको प्रहरीले जनाएको छ । ट्युसन पढ्न हिँडेकी कविता मंगलबार बिहान यशोदा खोला नजिकै मृत अवस्थामा फेला परेकी थिइन् ।साथी सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुईजना मिलेर ढुङ्गाले हिर्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको शव विद्यालय पुग्नुभन्दा करिब ७ सय मिटर वरपर भेटिएको र घटनाबारे थप अन
बिर्तामोड / गत फाल्गुण एक महिनाको अवधिमा हरेक दिन ४ वटा यौन हिंसाका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ ।गत महिना दैनिक ४ भन्दा वढी महिला तथा बालबालिकामाथि यौन हिंसाका घटना भएको महिला पुनर्स्थापना केन्द्र ओरेकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।ओरेकका अनुसार एक महिनाको अवधिमा भएका यौनहिंसाका १२७ घटना मध्ये २७ वटा बलात्कारका घटना रहेका छन् । एक महिनाको अवधिमा तीन जनाको बलात्कार पछि हत्या भएको छ ।यौन हिंसाका घटनामा सबैभन्दा बढी ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरीहरू बलात्कृत भएका छन् । १७ देखि २५ वर्ष उमेर समूहका महिलाको यो संख्या २६ प्रतिशत रहेको छ भने बालबालिकाको संख्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.