मोरङ/ मोरङको धनपालथान डकुवा डाँडामा रहेको एबीसी इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । 

 हिजो (मंगलबार) दिउँसो इँटाभट्टाका कामदार भारत वेस्ट बंगालका लालतन आलमको २ वर्षीय छोरा अरमान मिया पानीमा डुबेको अवस्थामा फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबी अचेत अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्याइएकोमा चेकजाँच गरी डाक्टरले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।