इलाम / इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा नेपालकै सबैभन्दा अग्लो गणेश भगवानको मूर्ति राखिने भएको छ । नयाँबजारका युवा तथा व्यवसायी मुकेश भण्डारीले करिब १६ लाख लागतमा उक्त मूर्ति निर्माण गर्न लागेको हुन् ।
मङ्गल चतुर्थीको शुभ अवसर पारेर आज प्रतिमा राख्ने शुभसाइत गरेर शिलान्यास गरिएको दुर्गा मन्दिर व्यवस्थापन समित अध्यक्ष मिङमा तामाङले बताए । यस केही समय अगि नयाँबजारमै यलम्बरको र हाब्रे (रेडपाण्डा) को मूर्ति निर्माण गरिएको छ । कार्यक्रममा बोल्दै माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले मन्दिरको विकासको लागी गाउँपालिकाले सँधै सहयोग गर्ने बताए ।