बिर्तामोड / झापा हल्दीबारी गाउँपालिका -२ पशुपति चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दीबारी -५ का ४८ वर्षीय  बिक्रम तामाङ रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ७ बजे कन्चन निर्माण सेवाको  बा १ ज ७७४७ नम्बरको ट्रिपरबाट गिट्टी अनलोड गर्ने क्रममा ट्रिपरले विद्युतको तारमा छुँदा तामाङलाई करेन्ट लागेको हो ।

OM Sai Pathibhara Hospital

करेन्ट लागी घाईते भएका तामाङलाई तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड ल्याइए पश्चात  डाक्टरले मृत घोषणा गरेका हुन् । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।