वीरगञ्ज / भारत सँग सिमाना जोडिएको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका -१४ स्थित गण्डक इलाकाबाट सशस्त्र प्रहरीले करिव ९४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । 

मंगलबार सशस्त्रले वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना २ ख ९५४३ नम्बरको ट्रकमा प्रज्ञापन पत्र नभएको औषधिजन्य सामाग्री र किराना सामान बरामद गरेको हो । 

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको ट्रक सहित सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

यस्तै सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका १४ स्थित गण्डक इलाकाबाट  मंगलबार नै करिव ५१ लाख ९२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।

वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ९४२ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त मूल्य बराबरको सामाग्री बरामद गरेको हो । बरामद भएको सामान तथा ट्रक आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।