समाचार

    Showing 22,421-22,430 of 26,011 items.
  • सशस्त्रका डीआईजी गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस

    काठमाडौँ / सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई बढुवा समितिले एआईजी बढुवा गर्न सिफारिस गरिएको छ । जेठ ९ मा बसेको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले डीआईजी नारायणदत्त पौडेललाई मात्र एआईजीमा बढुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली पौडेललाई मन्त्रिपरिषद्ले जेठ ६ मा एआईजीमा एकल बढुवा गरेको थियो । 

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 63 पटक पढिएको
  • इन्धनको मूल्यवृद्धि भएको विरोधमा उपभोक्ताले गरे मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन

    बिर्तामोड / गत जेठ ८ गतेदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् ।खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् ।यस्तै खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएको छ । इन्धनको मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर १८ सय पुगेको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 72 पटक पढिएको
  • अबुधाबीको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु, १२० जना घाइते

    एजेन्सी / संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् ।प्रारम्भिक समाचार अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । यद्यपि दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ। सोमबार भएको विस्फोट नियन्त्रणमा आउनुअघि छ वटा भवन र धेरै पसलहरूमा आगलागी भएको छ ।क्षतिग्रस्त भवनहरू मध्ये चार वटा भवनलाई सुरक्षित रूपमा खाली गरिएको थियो । भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ । पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछ

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 72 पटक पढिएको
  • बलात्कार आरोपमा फरार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं / गत २०७८ फागुन २६ गते दिउँसो  २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजी फरार रहेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक लि छेन रहेका छन् ।जेनजोङग मेसिनरी म्यानुफ्याक्चरिङ कम्पनी प्रालिका सञ्चालक लि छेनले आफ्नै कम्पनीको अफिसको कोठाभित्र ति महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेका थिए । पक्राउ परेका उनी माथ प्रहरी वृत्त थानकोट काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 52 पटक पढिएको
  • फलामलाई सुन भनी ठगी गर्ने दुई जना पक्राउ

    रुपन्देही / रुपन्देहीमा फलामको ढिक्कालाई सुन भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवाका ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ का ३७ वर्षीय नवीन भन्ने देवबहादुर मगर छन् रहेका छन् । सैनामैना नगरपालिका–१० शितलापुरस्थित होटलमा गत ५ जेठमा स्थानीय ४० वर्षीया धन सोमैलाई पुरानो बाँकी पैसा दिन्छौं भन्दै सुनजस्तो देखिने फलाम थमाएका थिए । त्यक्रममा सोमैले हातमा लगाएको सुनको ब्रासलेट फुत्काई भागेका थिए ।  उनीहरुको साथबाट सुनजस्तो देखिने पहेलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान, विभिन्न

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 65 पटक पढिएको
  • २८ लाख ठगी गर्ने श्रेष्ठ काठमाडौंबाट पक्राउ

    काठमाडौं / सामाजिक सञ्जाल ह्वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी अनलाइन मार्फत २८ लाख ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका- ८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् । उनलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितहरूलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ । उनले अमेरिकाबाट सञ्चालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 76 पटक पढिएको
  • सर्‍यो नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता

    काठमाडौं / जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गरिएको नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलनको आयोजना गर्दै नबौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । 

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 50 पटक पढिएको
  • पोखरामा एमालेका प्रतिनिधि मतगणनामा बस्न नमानेपछि मतगणना स्थगित

    पोखरा / पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।नेकपा एमालेले पोखरा १८ र  ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ । ३ हजार ८१५ मत गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ५ हजार ४८५ मतान्तरले अगाडि छन् ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 59 पटक पढिएको
  • २५ वर्षीय युवकको हत्या गरेको आरोपमा दुई पक्राउ

    झापा / २५ वर्षीय युवकको घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम रहेको प्रहरीले जनाएको छ ।प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरूलाई गत बारा जितपुर सिमरा- १० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा  पक्राउ गरिएको हो । जेठ ६ गते पासवानको शव बस्डिल्वास्थित कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 93 पटक पढिएको
  • सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    काठमाडौं / सरकारले आज (मंगलबार) आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसद्मा पेश हुनेछ।मङ्गलबारको पहिलो बैठकमा राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने र संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधनको प्रति टेबल गर्ने कार्

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 50 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.