समाचार

    Showing 22,401-22,410 of 26,011 items.
  • मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २४ जना घाइते

    अछाम  / अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका –१ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 84 पटक पढिएको
  • लहानका नवनिर्वाचित मेयर चौधरीको एक्सन : पूर्व मेयरका बडीगार्ड सहित ८१ जनाको जागिर चैट्

    झापा / सिरहाको लहान नगरपालिकामा दैनिक ज्यालादारीमा भर्ती भएका ८१ जना कर्मचारीलाई हटाएको छ ।नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले विभिन्न नाममा कार्यकर्ता भर्ती गरेर नगरपालिकाको राजश्व दोहन मात्रै गरेको भन्दै ज्यालादारी कर्मचारी हटाएको बताए ।‘मेयरको सुरक्षादेखि घरमा समेत काम गर्ने, मेयरको भाइको सुरक्षाको लागि भनेर खटाइएका, वडाहरूमा विभिन्न पद दिएर राखिएका ज्यालादारी कर्मचारी हटाएको हौं,’ उनले भने, ‘हामी काम गर्ने सक्षम कर्मचारी राख्छौँ । सकेसम्म सरकारी, निजामती कर्मचारीको व्यवस्था गर्छौ नत्र अति आवश्यक स्थानमा मात्रै करारका कर्मचारी राख्छौँ ।’चौधरीका अनुसार ज्यालादारी कर्मचारीको लागि नगरपालिकाबाट

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 646 पटक पढिएको
  • पदभार ग्रहण गरेको २ दिनमै मेयरको आदेश : आइतबार पनि विद्यालय खोल्नु

    बिर्तामोड / इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरूमा आइतबार बिदा नदिने आदेश गरेका छन् ।जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठनपाठन हुने निर्णय गरेका हुन् ।नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार गर्दै मेयरको आदेश अनुसार पठन पाठन गराउन आग्रह गरेका छन् ।सरकारले जेठ १ देखि सामुदायिक विद्यालयहरूमा पनि आइतबार सार्वजनिक बिदा दिएको छ । तर देउमाईका मेयर पोखरेलले भने आइतबार बिदा नदिने निर्णय गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 97 पटक पढिएको
  • कौडा र तास खेलिरहेको अवस्थामा बिर्तामोडबाट ५ जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका वडा नं -५ का बस्ने ३८ वर्षीय डाल कुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको  अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । गोप्य सुचानको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १, ७४, ६३५ तिन बुक तास र १५ थान कौडा सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा इलाम सूर्योदय नगरपालिका -१० का ३० वर्षीय दिल कुमार श्रेष्ठ , बिर्तामोड नगरपालिका -५ का ३१ सन्जिप घतानी , ४२ वर्षीय ससुहाङ चेम्जोङ, ३८ वर्षीय डाल कुमार राई , र मेचीनगर नगरपालिका -२ का ४८ वर्षीय भूपू राई रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 150 पटक पढिएको
  • करोडौं ठगीको आरोपमा राप्रपाका केन्द्रीय सदस्य पौडेल पक्राउ

    बिर्तामोड / राप्रपाका केन्द्रीय सदस्य तथा नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । अर्काको जग्गाको किर्ते कागज बनाई ८ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पौडेललाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार पौडेलसहित सुनसरीको धरान- ९ घर भइ काठमाडौं- १० मा बस्दै आएका ५९ वर्षीय गोकुल श्रेष्ठलाई पनि  प्रहरीले पक्राउ गरेको छ ।अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरूले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेक

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 362 पटक पढिएको
  • डिभिजन कार्यालय झापाले फलफूल र बहुमूल्य प्रजाति गरी ५ लाख बिरुवा वितरण गर्दै

    बिर्तामोड / डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ।फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए। तीमध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रूखका बिरुवा छन्। वन बिरुवा रु. ४७ लाख ५० हजार र फलफूलका रु. छ लाख गरी रु. ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो। बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ।टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल, बकाइनो लगायतका २० प्रजातिका वन बिरुवा र

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 109 पटक पढिएको
  • नीति तथा कार्यक्रम : अब नेपालको आफ्नै स्याटलाइट सञ्चालन गरिने

    काठमाडौं / सरकारले नेपालको आफ्नै स्याटलाइट सेवा सञ्चालन गर्ने भएको छ ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ । सरकारले यसका लागि आगामी काम गर्ने भएको छ ।साथै, मुलुकभर साइबर सुरक्षा प्रणाली लागू गर्ने र डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसद्‌मा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 58 पटक पढिएको
  • आईपीएल : राजस्थानलाई पराजित गर्दे गुजरात आईपीएलको फाइनलमा

    एजेन्सी / इन्डियन प्रिमियर लिग ( आईपीएल )  अन्तर्गत आज सम्पन्न पहिलो क्वालिफायर्स खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलमा स्थान सुरक्षित गरेको छ । कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेल गुजरातले राजस्थान माथि ७ विकेटको सानदार जित निकालेको हो ।टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।सुरुवाती ब्याटिङ गरेको राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाउँदा कप्तान सन्जु सामसनले ४७ रन बनाए । त्यस्तै देबदत्त पार्डिकलले २८ रन

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 61 पटक पढिएको
  • दुई सातापछि उत्तर कोरियाले गर्यो एकैपटक तीन वटा मिसाइल प्रहार

    एजेन्सी / उत्तर कोरियाले एकैपटक तीन वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए ।उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको छ । उत्तरले बुधबार प्रहार गरेको मिसाइल १७ औँ हो । उत्तर कोरियाको र

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 66 पटक पढिएको
  • चन्द्रगढीकी शान्ताको आफ्नै छोराले गरे हत्या

    बिर्तामोड  / आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका –१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदी रहेका छन् । प्रहरीका अनुसार झापाको चन्द्रगढी घर भई हाल धरानस्थित हात्तीसार कलेजको क्वार्टरमा बस्दै आएकी ४२ वर्षीय शान्ता सुवेदीलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार प्रहार गरेका थिए । बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि मोरङको बिराटनगरस्थित न्युरो अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उपचार गर्न नसक्ने बताएपछि घर ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । शान्ताको मृत्यु भएलगतै सौगातलाई इलाका प

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 197 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.