समाचार

    Showing 22,311-22,320 of 26,011 items.
  • ३१ वर्षीय लम्जेलको हत्या आरोपमा २ जना पक्राउ

    बिर्तामोड / सुनसरीको धरान उप- महानगरपालिका- ५ सेउती खोला बगरमा मृत फेला परेका धरान- ११ का ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरीरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अवस्थामा मृत फेला परेका थिए । मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनी केही समयमै उनको पहिचान खुलेसँगै लम्जेलको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनको हत्यामा धरान- १५ बस्ने दुई जना बालकको संलग्नता रहेको पाए सँगै दुबै जनालाई पक्राउ गरिएको र उनीहरूको सम्बन्

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 75 पटक पढिएको
  • नेपाली सेमाको हेलिकप्टरले १० जनाको सब काठमान्डौ ल्यायो

     तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ ।सोमबार साँझ पोखराबाट शवहरु काठमाडौं ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ । बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ ।आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो।आइतबार दिनभर खोजी गरिएपनि फे

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 366 पटक पढिएको
  • बिर्तामोड उद्योग वाणिज्य संघद्धारा झापाका दुई सञ्चारकर्मी पुरस्कृत

    बिर्तामोड / बिर्तामोड उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारणसभाको अवसरमा वाणिज्य संघले झापाका दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।सोमबार अतिथि सदनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा कञ्चनजंघा एफएमका केशव भट्टराई र आमसञ्चार डटकमका विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।संघले साधारणसभा मार्फत स्थानीय सरकारको समन्वयमा बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न र भएका ठाउँमा मर्मत गर्ने, राति पनि प्रस्ट देखिन सकिने सिसी क्यामेरा थप गर्नका लागि आवश्यक समन्वय गर्ने लगायतका भावी योजना अघि सारेको छ ।संघका अध्यक्ष प्रकाश शिवाकोटीले प्रस्तुत गर

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 1,295 पटक पढिएको
  • तारा एयरको विमान दुर्घटना : २२ जनाको मृत्यु, घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

    काठमाडौँ  / आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलका अनुसार आयोगका सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणि रत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने छन् ।यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको लुइँट

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 388 पटक पढिएको
  • ब्राउनसुगर सहित एक जना पक्राउ

    बिर्तामोड / विराटनगर महानगरपालिका- १५ एक नम्बर ढाँटबाट  अवैध लागूऔषध ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका - ६ बस्ने २० वर्षीय आस्मिक कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीले करिब ४२ मिलिग्राम ब्राउनसुगर सहित पदार्थ सहित कार्कीलाई आइतबार साँझ पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 92 पटक पढिएको
  • बलात्कार घटनामा हदम्याद हटाउन माग गर्दै संसद्मा संकल्प प्रस्ताव दर्ता

    काठमाडौँ /  संसद्मा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसदहरू डा. डिला सङ्ग्रौला, प्रमीला राई, रंगमती शाही र सुजाता परियारले प्रस्ताव दर्ता गराएका हुन् । २०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको तर समाजको आवश्यकता, बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र बलात्कार हदम्याद नराखी कानुन संशोधन गर्नुपर्ने औँल्याइएको छ । बलात्कार पीडितलाई राज्यले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मानसिक उपचार एवं परामर्शको व्यवस्था गर्न

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 67 पटक पढिएको
  • मेड इन युएसए लेखिएको पेस्तोल र लागूऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / विशेष सूचनाका आधारमा सुनसरीको इटहरी उपमहानगरपालिका- ४ जनता टोलबाट पेस्तोल र लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनहर्रुेमा इटहरी उप- महानगरपालिका- ४ का १९ वर्षीय धन बहादुर राई, २७ वर्षीय टिका राई र ईटहरी- ५ का २८ वर्षीय धन बहादुर राई रहेका छन् ।उक्त स्थानमा पेस्तोल सहितका व्यक्तिहरूले लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा  उनीहरूको साथबाट प्रहरीले लेबल नलागेको लागूऔषध २४ एम्पुल र मेड इन युएसए लेखिएको पेस्तोल १

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 522 पटक पढिएको
  • राप्रपा अध्यक्ष लिङ्देनले गरे ८१ औं पटक रक्तदान

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेका छन् । सोमबार पुरानो बानेश्वरस्थित तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका लिङ्देनले रक्तदान गरेका हुन् ।  

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 52 पटक पढिएको
  • तारा एयर विमान दुर्घटना : सम्बन्धविच्छेद अघि नै सधैको लागि छुट्टिए भारतीय जोडी

    काठमाडौँ / आइतबार बिहान पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान झण्डै २४ घण्टा पछि भेटिएको छ। विमान मुस्ताङको थासाङ गाउँपालिकाको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।जहाजमा चालकदलका ३ जना सहित २२ जना सवार थिए । उनीहरू सबैको दुर्घटनामा परी निधन भएको छ । हालसम्म १६ जनाको सव फेला परेको बताइएको छ । दुर्घटनामा परी धनुषाको मिथिला नगरपालिका –११ लोटामा बस्ने एकै परिवारका सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रबहादुर गोले, राममाया तामाङ, पुरुषोत्तम गोले, तुलसादेवी तामाङ, मकरबहादुर तामाङ, सुकुमाया तामाङ तथा राजन गोले रहेका छन् ।मृतक इन्द्रबहादुर गोले र राममाया त

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 412 पटक पढिएको
  • मृगलाई हानेको गोली आलेमगरको टाउकोमा, घटनामा संलग्न दस जना पक्राउ

    झापा / प्यूठानको ऐरावती गाउँपालिका- १ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय द्रोणबहादुर आलेमगर रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको भन्दै दस जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भूपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्जबहादुर पुन रहेका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार ४ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको छ ।दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आ

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.