झापा / नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं / प्रतिनिधिसभा बैठकमा यौन हिंसा विरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पेश गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” र “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत गरेका हुन् ।संवैधानिक व्यवस्था र विभिन्न सन्धिको पक्ष राष्ट्र भएकाले मृत्युदण्डसम्बन्धी कानुनी व्यवस्था गर्न नमिल्ने तर सजाय बढाउन मिल्नेगरी विधेयक ल्याइएको मन्त्री शर्माले स्पष्ट पारे । जवरजस्तीकरणी गर्नेलाई कानूनी
काठमाडौँ / सर्वोच्च अदालतले आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको दाबी गरिएकी बालिकालाई बुबाकै जिम्मा लगाइदिएको छ ।गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्चले बुबाको जिम्मा लगाइदिएको हो ।निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकालाई बुबालाको जिम्मा लगाइएको बताइएको छ । भारतमा आमाको संरक्षणमा रहेकी बालिकालाई उनका बुबाले झुक्याएर नेपाल ल्याएका थिए ।यसरी आफ्नो संरक्षणमा रहेकी छोरीलाई बालिकाको बुबाले झुक्याएर नेपाल ल्याई अमेरिका लैजान खोजेको भन्दै बालिकाकी आमा कनिका गोयल अपहरण तथा शरीर बन्धक र बन्दी प्रत्यक्षीक
झापा / ५० हजार घुस रकम सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेका छ । पक्राउ पर्नेमा महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश रहेका छन् । विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको आरोप छ । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका २ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।
झापा / यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।सरकारले इन्धनको मूल्य १० रुपैयाँले घटाएपछि विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ अर्थात् ६.१३ प्रतिशतले घटेको थियो । सो अनुरूप विभागले आज जेठ २० गतेबाटै लागू हुनेगरि सवारीसाधनको भाडा यात्रुवाहकको २ प्रतिशत, मालवाहकको पहाडी क्षेत्रमा २.६ प्रतिशत र तराईको बाटोमा चल्नेको २.९ प्रतिशतले घटाइएको हो ।हाल डिजे
झापा / कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका- ६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्ट रहेका छन् । बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा बलात्कार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उच्च अदालत पाटनको वि स २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज (शुक्रबार) पक्राउ गरेको हो ।ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले वि सं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गरेकाले उच्च अदालतको आदेशानुसार राईलाई आज काठमाडौँको चाबहिलबाट
काठमाडौँ / आज साँझ बस्ने भनिएको नेकपा माओवादी केन्द्रको भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद् बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । संसद् बैठक जारी छ । अरु प्रक्रियागत संसद्को विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’
सुनसरी / छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका इटहरीस्थित ब्लुमिङ लोटस इंग्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले सिन्धुली कमलामाई –७ घर भएका खड्कालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । २०७२ देखि २०७३ सालको अन्तिमसम्ममा आफूमाथि खड्काले पटकपटक बलात्कार गरेको भन्दै २ भदौ २०७४ मा पीडित छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएकी थिइन् । इटहरीको ब्लुमिङ् स्कुल छाडेर काठमाडौंमा शिक्षण गर्दै आएका खड्का
हेटौंडा / हेटौंडा उपमहानगरपालिका १० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला- १० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरी रहेको प्रहरीले जनाएको छ । बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना २ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो । बिहीबार साँझ पक्राउ परेका चौधरीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.