झापा / सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो ।यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ भने आइतबार सार्वजनिक बिदा दिइने छैन ।२६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै १ जेठदेखि लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै सरकारको आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले भने उक्त निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्
भद्रपुर / ( रेवती घिमिरे ) जथाभावी फ्याल्ने प्लास्टिक व्यवस्थापनको दीर्घकालिक समाधान खोज्न आग्रह गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले चन्द्रगढी बजार लगायतका क्षेत्रमा सरसफाइ गरेको छ ।सेवाकेन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको नेतृत्वमा सोमवार निस्केको स्थानीय प्रहरी सहितको टोलीले सदरमुकाम चन्द्रगढीको लेखनाथ चोक देखि बजार सहित ट्े्रड युनियन चोक सम्मको लगभग १ किलो मिटरको क्षेत्र आसपासमा सरसफाइ गरिएको हो ।पान पराग गुड्काका खोल जथाभावी नफालौँ, घरबाट निस्कने फोहोरीलाई एकै ठाउँमा जम्मा गरि नगरपालिकाको गाडीमा पठाऔ, सड्ने र नसड्ने फोहरोलार्इृ छुट्टा छुट
भद्रपुर / ( रेवती घिमिरे ) जथाभावी फ्याल्ने प्लास्टिक व्यवस्थापनको दीर्घकालिक समाधान खोज्न आग्रह गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले चन्द्रगढी बजार लगायतका क्षेत्रमा सरसफाइ गरेको छ ।सेवाकेन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको नेतृत्वमा सोमवार निस्केको स्थानीय प्रहरी सहितको टोलीले सदरमुकाम चन्द्रगढीको लेखनाथ चोक देखि बजार सहित ट्े्रड युनियन चोक सम्मको लगभग १ किलो मिटरको क्षेत्र आसपासमा सरसफाइ गरिएको हो ।पान पराग गुड्काका खोल जथाभावी नफालौँ, घरबाट निस्कने फोहोरीलाई एकै ठाउँमा जम्मा गरि नगरपालिकाको गाडीमा पठाऔ, सड्ने र नसड्ने फोहरोलार्इृ छुट्ट
काठमाडौँ / काठमाडौँ महानगरपालिका- १० बाट मोबाइल लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट मेघाङ गा. पा .वडा न -५ घर भई हाल बौद्ध बस्दै आएका बिक्की अर्याल र काभ्रे पाँचखाल -४ घर भई हाल बागबजार बस्दै आएका राम श्रेष्ठ रहेका छन् । श्रेष्ठ भने लुटपाट गरि ल्याएको मोबाइल जानी जानी खरिद गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरूलाई नँया बानेश्वर चोक नजिकै रहेको आकाशेपुल अगाडि श्रीनगर फेन्सी कपडा पसलमा रहेको मोबाइल र नँया बानेश्वर पुल नजिक पुनम अधिकारीको साथमा रहेको मोबाइल लुटपाट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वर जनाएको छ ।
काठमाडाैँ / सुन तस्करले नयाँ–नयाँ तरिका अपनाएर तस्करीको धन्दा सञ्चालन गर्ने गरेको रहस्य बाहिरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करीको आरोपमा गत शनिबार दिउँसो सात जनालाई पक्राउ गरेसँगै तस्करीको नयाँ रहस्य बाहिरिएको हो । २१ जेठमा दुबईबाट काठमाडौँ आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरुले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सुचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।सो क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय
काठमाडौं / काठमाडौंबाट हुन्डी कारोबार गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला पचरौता नगरपालिका- ७ घर भई हाल काठमाडौँ महानगरपालिका- १३ कालीमाटी बस्दै आएका जयकमल शाह कलवार रहेका छन् । काठमाण्डौको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुन्डीको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शाहको साथबाट स्रोत नखुलेको नेपाली रुपैया १७,६६,३०० र भारतीय रुपैया १२,०८,७०० बरामद भएको साथै थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन
बिर्तामोड / झापाको गौरीगञ्ज गाउँपालिका - ५ फत्तेपुरमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शिवलाल सिंह गनगाईको छोरा १७ वर्षीय रोहित सिंह गनगाईँ रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान ८ बजे छिमेकीको बिहेमा जेनरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / काठमाडौंको लैनचौरबाट एक व्यक्तिलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौंको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपाली रहेका छन् । काठमाडौं महानगरपालिका- २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट ३५ लाख लुटपाट गरेको आरोपमा प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि आज सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटप
झापा / निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै १ असारबाट मतदाता नामावली दर्ता खुला गर्ने तयारी गरेको बताइएको छ । जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्ने गरी तयारी गरेको आयोगले जनाएको छ । आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका न
काठमाडौं / काठमाडौं जिल्लाको दक्षिणकाली मन्दिर आसपासको जङ्गलमा एक किशोर र एक किशोरीको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार अन्दाजी २०-२२ वर्षका जस्ता देखिने उनीहरूको शव घोप्टो परेका अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतहरुको नजिकै विषको बट्टा फेला परेको छ । घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ । घाँस काट्न गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विषको बट्टा फेला परेपनि उनीहरूको मृत्युको कारण भने अनुसन्धान पश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.