समाचार

    Showing 22,151-22,160 of 26,011 items.
  • ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

    झापा / पाँचथरको हिलिहाङ गाउँपालिका- ७ को सल्लेरीमा ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सुनसरीको रामधुनी नगरपालिका– ७ का २६ वर्षीय प्रेम घिसिङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घिसिङकी श्रीमती कञ्चन मगर भने घाइते भएकी छिन् ।घिसिङले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकललाई र मे १ ख २४९४ नम्बरको ट्याङ्‍करले बुधबार दिउँसो ठक्कर दिएको  थियो ।ठक्करपछि घिसिङ गम्भीर घाइते भएका थिए । उनको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । घिसिङ श्रीमती कञ्चन मगरसहित ताप्लेजुङ तर्फ जाँदै थिए । मगर पनि

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 73 पटक पढिएको
  • दुई करोड बराबरको अवैध सामग्री बरामद

    झापा / प्रहरीले पर्साका विभिन्न स्थानबाट करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायतका सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।वीरगञ्ज महानगरपालिका- १० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज- ८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको  ना४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 108 पटक पढिएको
  • आज यी स्थानमा वर्षा हुँदै, सचेत रहन आग्रह

    झापा / नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज बिहानदेखि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 70 पटक पढिएको
  • अवैध गर्भधारणबाट जन्मिएको शिशुको आफ्नै आमाले गरिन हत्या

    झापा / अवैध गर्भधारणबाट जन्मिएको शिशुको आमाले हत्या गरेकी छन् । १५ वर्षीया आमाले बुधबार बिहान १६ दिने शिशुको हत्या गरेकी हुन् । दाङको राप्ती गाउँपालिका -३ मुसरिया  गाउँकी १५  वर्षीया अञ्जना ( नाम  परिवर्तन ) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको  हत्या  गरेकी हुन् ।बच्चा धेरै रोएको र स्तनपान  गराउँदा  पनि  रुन  नछाडेपछि  आवेशमा आई सेफ्टी  ट्याङ्कीमा लगेर  फालेको  ती  किशोरीले  बयान  दिएको  एसपी  काफ्लेले  बताए  ।प्रहरीले  सेफ्टी  ट्याङ्कीबाट  शिशुको  शव  बरामद

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 115 पटक पढिएको
  • प्रदेश १ को नीति तथा कार्यक्रम: मेची अस्पताललाई ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गरिने (पूर्णपाठसहित)

    बिर्तामोड / झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी  ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गरिने भएको छ । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले आर्थिक वर्ष २०७९ ८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी  ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् । त्यस्तै उनले झापाको कमल गाउँपालिकाको लखनपुरमा ५० शैयाको प्रादेशिक आयुर्वेद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने समेत बताएका छन् । नीति तथा कार्यक्रमको पूर्णपाठः

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 188 पटक पढिएको
  • काठमाडौँमा पानी परेपछि अवतरण हुनुपर्ने २ वटा जहाज दिल्ली नै फर्कियो

    काठमाडौँ / काठमाडौँमा ठूलो पानी पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण हुनु पर्नै २ वटा विमान अवतरण हुन नसकेपछि दिल्ली नै  फर्किएको छ । भारतको दिल्लीबाट काठमाण्डौका लागि आएका दुई वटा विस्तारा एअर र इन्डिगो एयरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ । पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेका छन् ।  

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 95 पटक पढिएको
  • काठमाडौं -५ बाट संसदीय चुनावमा रञ्जु दर्शनाले स्वतन्त्र चुनाव लड्ने

    काठमाडौँ / विवेकशील साझा पार्टीबाट २०७४ सालको स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उनले स्वतन्त्र चुनाब लड्ने निर्णय गरेकी हुन् । गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता ईश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा। प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।काठमाडौं महानगरपालिकाका वडा नं.

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 69 पटक पढिएको
  • सुत्केरी महिलालाई ९८ दिन बिदा सहित तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि गरेर ९८ दिन तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउन सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ ।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा उल्लेख भएअनुसार केही कार्यालयमा बिदा नदिएको भन्ने गुनासो आएका कारण सबैलाई ऐनअनुसार चल्न मन्त्रालयले आग्रह गरेको हो ।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी, सरकारी र गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 72 पटक पढिएको
  • बञ्चरेडाँडामा प्रहरी र स्थानीबीच झडप, प्रहरीद्धारा अश्रुग्यास प्रहार

    काठमाडौं / काठमाडौं महानगरपालिकाको फोहोर फल्ने क्रममा नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच आज पनि झडप भएको छ । बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।मङ्गलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । काठमाडौंबाट फोहोर फाल्न बन्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन गरिएको छ ।स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले बताए ।वैज्ञानिक तरिकाले फोहोर व्यवस

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 101 पटक पढिएको
  • डिपार्टमेन्ट स्टोरबाट सामान चोरी गर्ने एक पकाउ

    काठमाडौं / काठमाडौं महानगरपालिका -२८ पुतलीसडकमा मुख्य कार्यालय रहेको योयोसो डिपार्टमेन्ट स्टोरको विभिन्न शाखाबाट सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ९ गौशाला घर भई हाल वडा नम्बर -४ मा बस्ने ५१ वर्षीय मुना सिंह हुन् । उनलाई चण्डोलबाट काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।मुनाको साथबाट प्रहरीले सीजी कम्पनीको सानो हाते पंखा एक थान, एम लेखिएको सानो हाते पंखा एक थान, चार थान हुक, वुडन मिरर लेखिएको एक थान ऐना, नौ थान टेबुल, जेन्स अन्डरवेयर तीन थान, स्पिकर एक थान, मोबाइल एक थान र प्रदेश ३–२००६ प ४३१७ न

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.