झापा / गुल्मीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै श्रीमतीले श्रीमान् विरुद्ध उजुरी दिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका ४ निवासी २४ वर्षीय महिलाले आफ्नै श्रीमान विरुद्ध शनिवार उजुरी दिएकी हुन् ।इलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए । प्रहरीले पीडित र पीडक दुवैको नाम भने गोप्य राखिएको छ ।
झापा / भारतको मुम्बईबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका- १ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन् । प्रवक्ता जोशीका अनुसार शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्याको अनुसन्धानका लागी सँगै घर फर्किरहेका खडकबहादुर शाह , कृष्णबहादुर शाह र पदम साउदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृतक शाहका आफन्तले भने भारतबाट फर्किँदा उन
काठमाडौँ / भक्तपुरको मध्यपुर थिमी नगरपालिका - ८ बोडेमा एक पुरुषको शव फेला परेको छ ।बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्ने ५१ वर्षीय कल्याण साहु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।उनका अनुसार साहुको हत्या भएको आशङ्कामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।डीएसपी पाण्डेका अनुसार मृतक साहुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।
झापा / रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्ने भिरका ७ वर्षीय डेविड खड्का र २ वर्षीय इसान खड्का रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।
बाँके / बाँकेको कोहलपुर नगरपालिका- २ मनकामना चोकमा शनिबार हिजो बेलुकी दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको सानोश्रीका ४१ वर्षीय सूर्यप्रकाश वली रहेको प्रहरीले जनाएको छ । कोहलपुरबाट सुर्खेततिर जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका १६१७ नम्बरको मोटरसाइकल चालक वलीको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । अर्को मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर अनुसन्ध
काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई रुलिङ गरेका छन् ।‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सम्बन्धमा सांसदहरुले उठाएका विषयमा ध्यानाकर्षण भएको छ,’ सभामुखले गर्दै भने, ‘यथाशीघ्र किसानलाई मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न गराउन सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदले मल नहुँदा किसान मारमा परेको भन्दै सरकारको धारणा माग गरेका थिए ।
झापा / पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका -६ मा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।शनिबार कन्याटार बजार जानुभएका ७१ वर्षीया रिङक नाथ आङवोहाङ साझ सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिंगेनी भीरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।भीरबाट करिव ३० मिटर तल झरेर उनको मृत्यु भएको जिल्ला प्रहरी कायाएलय पाँचथरले जानकारी दिएको छ ।उक्त घटनाको कानुनी प्रकृया पुरा गरी उक्त लास पोष्ट मार्टमलागी आधारभुत अस्पताल रविको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ / आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।यससँगै छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै तेजाबी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबारे / योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोड स्थित मुक्तिचोकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।पछिल्लो समय झापा लगायतका विभिन्न अस्पतालहरूमा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार सङ्ग्रौलाले जानकारी दिएका छन् ।नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजूँ बुढाथोकीले जानकारी दिएकी छिन् ।संस्थाका अध्यक्ष सङ्ग्रौलाको अध्यक्षता, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाको प्रमुख आतिथ्यता त्यस्तै
विराटनगर / वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पीडितहरूलाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताए । पूर्व अभ्यासका क्रममा अभ्यासमा खटिएका सुरक्षाकर्मीको टिमले विपत् भए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.