समाचार

    Showing 21,391-21,400 of 25,992 items.
  • बिर्तामोडमा युवा सञ्जालको अन्तरक्रिया

    अनिता बिष्टबिर्तामोड / बिर्तामोड नगर युवा सञ्जालले आज नगर भित्रका वडाहरूमा गठन भएका युवा क्लबका पदाधिकारीहरूसँग परिचयात्मक कार्यक्रम गरेको छ । युवा सञ्जालले बिर्तामोड नगरपालिकाको सभा हलमा उक्त कार्यक्रम गरेको हो । नगर युवा सञ्जालका अध्यक्ष उज्जल भट्टराई र सचिव शिक्षा प्रसाईँको नेतृत्वमा परिचयात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा बिर्तामोड नगरक्षेत्रभित्र वडाहरूमा गठित युवा क्लबका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सञ्जालका अध्यक्ष भट्टराईले युवा सञ्जाल किन र के को लागि गठन गरिन्छ र यसले युवाहरूको लागि के कस्ता काम गर्दछ भन्ने बारेमा प्रस्ट्याएका थिए । यस

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 1,458 पटक पढिएको
  • वडाध्यक्ष बाँस्तोला गैरजिम्मेवार बन्दा अदुवा खाेलाकाे पुल जोखिममा (भिडियाेसहित)

    अनिता बिष्टबिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –६ को अदुवाखोला पुल बाढीका कारण जोखिममा परेको छ । व्यवस्थित ढल नहुँदा बाढीले पुल जोखिममा परेको हो । अव्यवस्थित प्लटिङका कारण जम्मा भएको पानी निकाश नहुँदा त्यसले पुल र सँगै सडकको पनि कटान सुरु गरेको हो । वर्षातको समयमा बुधबारे देखिको पानी शनिश्चरे हुँदै जम्मा भएर आउँदा न्यौपाने बस्ती समेत जोखिममा परेको छ । अघिल्लो वर्षसम्म बर्सातकै समयमा पनि सो ठाउँमा ढलको पानी आउँदैन थियो । तर, खेतीको जग्गा मासेर अव्यवस्थित तरिकाले प्लटिङ बनाएकै कारण अहिले उक्त बस्ती डुबानमा समेत परेको छ । सामान्य वर्षा हुँदा पनि ढलको पानी ह्युमपाइपबाट भरिएर सडकबाट ब

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 514 पटक पढिएको
  • एआइजी पोखरेल आजबाट अवकाश

    झापा  / नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्।गत वैशाख १८ गते मन्त्रीपरिषद्ले प्रहरी महानिरीक्षक (एआइजी) को दाबेदार रहेका पोखरेललाई एआइजी नबनाई धिरजप्रताप सिंहलाई बनाएपछि उनी असन्तुष्ट बनेका थिए । उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेश थापासँग एक महिनाको बिदा स्वीकृत गराएका थिए। बिदा लिएर पोखरेलले मन्त्रिपरिषद्को निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थि

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 94 पटक पढिएको
  • साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका - १९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका- २ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो । ग्रामथान गाउँपालिका- २ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 143 पटक पढिएको
  • ४ लाख नगद सहित १२ जना जुवाडे पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका- ४ स्थित बालुवाटारको जुवा खालमा प्रहरीले छापा मारेको छ । रुपचन्द्र श्रेष्ठले सञ्चालन गरेको जुवा खालबाट १२ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जुवा खालबाट पक्राउ पर्नेमा सञ्चालक रूपचन्द्र श्रेष्ठ, उत्तम गुरुङ, दिनेशकुमार लिम्बू र एकजना महिला सहित १२ जना छन् । चाइनिज एम्बेसी नजिकै रहेको जुवा खालबाट प्रहरीले ४ लाख २७ हजार नगद बरामद गरेको छ । घटनाबारे प्रहरी वृत मालीगाउँले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 83 पटक पढिएको
  • ६३ जना प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    झापा  / नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। विभिन्न मितिमा बढुवा भएका ५७ जना र खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।दर्ज्यानी चिन्ह प्रदान गरिएकामा प्रशासनतर्फका प्रहरी नायब उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन्।कास्कीको माछापुछ्रे गाउँपालिकाका राजेन्द्र प्रसाद अधिकारी र उनका छोरा ध्रुव अधिकारील

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 92 पटक पढिएको
  • १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

    झापा / तेह्रथुममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथर गाउँपालिका -२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपाली रहेका छन् । नेपालीले ती बालिकालाई ललाइ फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 159 पटक पढिएको
  • साफ यू २० : उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

    एजेन्सी / भारतमा जारी साफ यू- २० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोलीले आज बङ्गलादेशको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने राति सवा ७ बजे सुरु हुनेछ । घरेलु मैदानको फाइदा उठाउँदै साविक विजेता भारत उपाधि रक्षा गर्ने योजनामा हुनेछ । पछिल्ला दुई संस्करणमा उपविजेतामै चित्त बुझाएको बंगलादेश पनि जित हात पर्दै पहिलोपटक उपाधि उचाल्ने लक्ष्यमा छ । भारत र बङ्गलादेशले हालसम्म पाँच खेलमा एकअर्काको सामना गर्दा दुवैले समान दुई खेलमा जित हात पारेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 144 पटक पढिएको
  • अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

    एजेन्सी / दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ , भने ३७ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहान १०: १७ बजे ९०११७ (जीएमटी) चारतले भवनमा आगलागी भएको हो । त्यस भवनको चौथो तलामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तलामा कार्यालयहरू छन् । अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मी मध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन । 

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 159 पटक पढिएको
  • नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौँ / भक्तपुरमा नक्कली परीक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका -१० घर भएका २१ वर्षीय सुजन भट्टराई रहेका छन् । बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका- ९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका- ६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.