एजेन्सी / भारतमा जारी साफ यू- २० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोलीले आज बङ्गलादेशको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने राति सवा ७ बजे सुरु हुनेछ । घरेलु मैदानको फाइदा उठाउँदै साविक विजेता भारत उपाधि रक्षा गर्ने योजनामा हुनेछ ।
पछिल्ला दुई संस्करणमा उपविजेतामै चित्त बुझाएको बंगलादेश पनि जित हात पर्दै पहिलोपटक उपाधि उचाल्ने लक्ष्यमा छ । भारत र बङ्गलादेशले हालसम्म पाँच खेलमा एकअर्काको सामना गर्दा दुवैले समान दुई खेलमा जित हात पारेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।