एजेन्सी / दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ , भने ३७ जना घाइते भएका छन् ।
स्थानीय समयानुसार बिहान १०: १७ बजे ९०११७ (जीएमटी) चारतले भवनमा आगलागी भएको हो । त्यस भवनको चौथो तलामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तलामा कार्यालयहरू छन् ।
अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मी मध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन ।