काठमाडौँ / भक्तपुरमा नक्कली परीक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका -१० घर भएका २१ वर्षीय सुजन भट्टराई रहेका छन् । बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका- ९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका- ६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।