काठमाडौं / काठमाडौं महानगरपालिका- ४ स्थित बालुवाटारको जुवा खालमा प्रहरीले छापा मारेको छ । रुपचन्द्र श्रेष्ठले सञ्चालन गरेको जुवा खालबाट १२ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा सञ्चालक रूपचन्द्र श्रेष्ठ, उत्तम गुरुङ, दिनेशकुमार लिम्बू र एकजना महिला सहित १२ जना छन् । चाइनिज एम्बेसी नजिकै रहेको जुवा खालबाट प्रहरीले ४ लाख २७ हजार नगद बरामद गरेको छ । घटनाबारे प्रहरी वृत मालीगाउँले अनुसन्धान गरिरहेको छ ।