झापा  / नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्।

गत वैशाख १८ गते मन्त्रीपरिषद्ले प्रहरी महानिरीक्षक (एआइजी) को दाबेदार रहेका पोखरेललाई एआइजी नबनाई धिरजप्रताप सिंहलाई बनाएपछि उनी असन्तुष्ट बनेका थिए । 

OM Sai Pathibhara Hospital

उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेश थापासँग एक महिनाको बिदा स्वीकृत गराएका थिए। बिदा लिएर पोखरेलले मन्त्रिपरिषद्को निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थियो ।

अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्।