समाचार

    Showing 21,281-21,290 of 25,992 items.
  • देशका विभिन्न ठाउँमा गाडी तोडफोड, १० ठाउँमा शंकास्पद वस्तु फेला

    झापा / काठमाडौंमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् भने डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड गरेका छन् । त्यस्तै चितवनमा पनि बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।चितवन प्रहरीका अनुसार बन्द आह्वान कर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु(याएका छन् । च

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 159 पटक पढिएको
  • अवैध रुपमा भारततर्फ लाँदै गरेको सुपारी र नेपालतर्फ ल्याउँदै गरेको कपडा बरामद

    बिर्तामोड / शुक्रबार बिहान प्रहरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ पिङकी ठ्याँक स्थितबाट  अवैध सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको १ सय ४० केजी अन्दाजी ८५.००० हजार रुपैयाँ मूल्य बराबरको सुपारी बरामद गरेको हो ।यस्तै शुक्रबारै वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ६ भानु चोकबाट अवैध रुपमा लुकाई छिपाई नेपाल ल्याइदै गरेको  १०,००००  मूल्य बराबरको कपडा बरामद गरको छ । बरामद भएका दुबै सामाग्रीलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 45 पटक पढिएको
  • एक सचिवका लागि तीन सह–सचिवको नाम सिफारिस

    झापा / रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको सिफारिस समितिले नारायण शर्मा, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको हो ।अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।सिफारिस भएकामध्ये उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन् । यस्तै दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् भने घिमिरे चीनमा महावाणिज्य दूत हुन् ।

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 94 पटक पढिएको
  • मुहान पहिरोले पुरे पछि धमिलो पानी पिउन बाध्य बुद्धशान्ति बासिन्दा

    दिपेन बिश्वकर्मा बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –४ स्थित मङ्गलबारे र सट्टाभर्नाका स्थानीय बासिन्दा आजभोलि दूषित पानी पिउन बाध्य छन् । गत साउन ३० गते राती बर्षासँगै गएको पहिराले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि उनीहरु फोहोर र लेदो सरीको पानी पिउन बाध्य भएका हुन् । मुहान पहिरोले पुरिएर पाइप फुट्दा ट्याङ्कीमा लेदोसरि पानी आउने गरेको स्थानीयको गुनासो छ । अहिले मङ्गलबारे र सट्टाभर्नाका ६ सय १० घरधुरीले त्यही लेदोसरिको दूषित पानी पिँउदै आएका छन् । समस्याबारे जानकार रहँदा रहँदै पनि खानेपानी प्रति गाउँपालिका

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 502 पटक पढिएको
  • वनसम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवा मृत भेटिए , आफन्त आन्दोलित

    झापा / सुर्खेतमा वनसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्ति हिरासतमै मृत भेटिएका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर -१३ भूतचोकका ५८ वर्षीय धनिराम लामिछाने भेटिएका हुन् । उनी मृत भेटिए पछि  मृतकका आफन्त आन्दोलित बनेका छन् । सालको रूख काटेको आरोपमा वीरेन्द्रनगर सव -डिभिजन कार्यालयका कर्मचारीहरूले उनलाई पक्राउ गरेका थिए । पक्राउ गरेर डिभिजन वन कार्यालय वीरेन्द्रनगरमा रहेको हिरासतमा राखिएको थियो  । तर केही बेरमा उनी हिरासत कक्षको झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा देखेपछि आफन्तहरूले आक्रोशित हुँदै बिहीबार साँझदेखि कार्यालय परिसरमा आ

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 146 पटक पढिएको
  • चट्याङ लागेर सुनसरीमा एक महिलाको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरी उप- महानगरपालिका -१७ मा चट्याङ लागि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय  २७ वर्षीय केसी ऋषिदेव रहेकी छिन् । बिहीबार अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकी ऋषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकी मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 166 पटक पढिएको
  • रातापोड गाउँमा दुई किशोर–किशोरी झुण्डिएको अवस्थामा मृत फेला

    बैतडी / बैतडीको सिगास गाउँपालिका –५ स्थित रातापोड गाउँमा दुई किशोर–किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।रातापोड गाउँका २२ वर्षीय केशव दमाइ र १८ वर्षीया रमिता विक भुवनेश्वरी मावि नजिकैको रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीका अनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीय नरेन्द्र साउदले बताए । रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् ।

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 102 पटक पढिएको
  • सुकेटार विमानस्थलमा तीन महिनापछि उडान, काठमाडौँसम्मकाे भाडा नौ हजार दुई सय

    ताप्लेजुङ  / प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो ।जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल रु नौ हजार दुई सय भाडा दर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उड

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 90 पटक पढिएको
  • राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित, अब के हुन्छ ?

    झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राखेको राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत रुपमा पारित गरियोस् भन्ने प्रस्ताव मतविभाजनबाट पारित भएको हो ।राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मान लगायत विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उपस्थित १९५ सांसदमध्ये नागरिकता विधेयक जस्ताको तस्तैको पक्षमा १

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 1,605 पटक पढिएको
  • नेपाल प्रहरी श्रीमती संघको ३८ औ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम

    विराटनगर  / नेपाल प्रहरी श्रीमती संघको ३८ औ वार्षिकोत्सवको अवसरमा प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीको प्रमुख आथित्यतामा प्रदेश प्रहरी कार्यालय विराटनगरको हाता भित्र आज बिहान वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा कपुर, शिरिस, मसला जातका बिरुवाहरू रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक नविनराज राई, प्र

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 137 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.