बिर्तामोड / शुक्रबार बिहान प्रहरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ पिङकी ठ्याँक स्थितबाट  अवैध सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको १ सय ४० केजी अन्दाजी ८५.००० हजार रुपैयाँ मूल्य बराबरको सुपारी बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital
यस्तै शुक्रबारै वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ६ भानु चोकबाट अवैध रुपमा लुकाई छिपाई नेपाल ल्याइदै गरेको  १०,००००  मूल्य बराबरको कपडा बरामद गरको छ । बरामद भएका दुबै सामाग्रीलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीले नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।