बिर्तामोड / सुनसरीको इटहरी उप- महानगरपालिका -१७ मा चट्याङ लागि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ वर्षीय केसी ऋषिदेव रहेकी छिन् ।
बिहीबार अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकी ऋषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकी मृत्यु भएको प्रहरीले जनाएको छ ।