झापा / रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । 

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको सिफारिस समितिले नारायण शर्मा, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।

सिफारिस भएकामध्ये उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन् । यस्तै दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् भने घिमिरे चीनमा महावाणिज्य दूत हुन् ।