झापा / सुर्खेतमा वनसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्ति हिरासतमै मृत भेटिएका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर -१३ भूतचोकका ५८ वर्षीय धनिराम लामिछाने भेटिएका हुन् । उनी मृत भेटिए पछि मृतकका आफन्त आन्दोलित बनेका छन् ।
मृतकका आफन्तले पक्राउ गर्नेहरूले कुटपिट गरेकाले लामिछानेको मृत्यु भएको आरोप लगाएका छन् । कुटपिटका कारण लामिछानेको मृत्यु भएको भन्दै आफन्तहरू कार्यालयमै पुगेर विरोध जनाएका छन् । आक्रोशित आफन्तहरूले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा थियो । पछि आरोपित पनि घरमा भएको सूचना आएपछि कर्मचारीहरूले पक्राउ गरी ल्याइएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले जानकारी दिए । यता आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाएका छन् ।