बैतडी / बैतडीको सिगास गाउँपालिका –५ स्थित रातापोड गाउँमा दुई किशोर–किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
रातापोड गाउँका २२ वर्षीय केशव दमाइ र १८ वर्षीया रमिता विक भुवनेश्वरी मावि नजिकैको रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।
घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीका अनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीय नरेन्द्र साउदले बताए । रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् ।