समाचार

    Showing 20,101-20,110 of 25,984 items.
  • मुख्यमन्त्री कार्कीले भने प्रदेशको नाम परिवर्तन हुँदैन

    कोशी ।  कोशि प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुंगा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आइतबार आयोजित कार्यक्रममा कोसी नाम सर्वस्वीकार्य नाम भएकाले  प्रदेशको नाम परिवर्तन नहुने बताए ।लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोसी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे । कोसी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँ

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 191 पटक पढिएको
  • वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक छ; प्रधानमन्त्री पुष्पकमल दहाल

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरूलाई अनुगमन र नियमन गरि प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने भएका छन् ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताएका हुन् ।कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूक

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 218 पटक पढिएको
  • प्रहरिले १८४ किलो गाँजा नियन्त्रणमा लिन तस्कर माथी गोलि चलायो

    मधेश । सप्तरीमा प्रहरीले गोली चलाएर तस्करी हुँदै गरेको १८४ किलो गाँजा नियन्त्रण गरेको छ।हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे प्रहरीले उक्त गाँजा नियन्त्रण गरेको हो ।घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए ।गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि भीडलाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।हवाई फायर गरेपछि अज्ञात समूह भागेका थिए । गाँज तस्करहरुको खोजबिन तथा अनुसन

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 137 पटक पढिएको
  • सरकारलाई एमालेले भन्यो; रासायनिक मलको मूल्यबृद्धि फिर्ता ली

    झापा । सरकारले गत फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान भारीमात्रामा कटौती गर्ने निर्णय गरेसगै युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा ९ रुपियाँले मूल्यबृद्धि हुने छ ।सरकारको उक्त निर्णयको सर्वत्र विरोध र आलोचनासमेत भइरहेको छ। नेकपा एमालेको कृषि तथा पशुपन्छी विकास विभागले पनि सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको सो विभागले रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न मागसमेत गरेको छ ।मलमा गरिएको मूल्यबृद्धिको प्रत्यक्ष मार नेपाली किसान र आम उपभोक्तामा पर्न गएको एमालेको ठहर छ । यसका साथै रासायनिक मलमा अनुदान कटौती गरी

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 152 पटक पढिएको
  • पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल

    झापा । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी केदार प्रसाद उप्रेतीले ३५४ मत प्राप्त गरेका छन् ।समितिको उपाध्यक्षमा शर्मिला लामिछाने ३३८, सचिवमा शालिग्राम पराजुली ३६५, सहसचिवमा भरत ढकाल ३१९, कोषाध्यमा मनिता अधिकारी गौतम ३६२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विपिन निरौला, मुनिराज खरेल, सपना लिम्बू, दिलकुमार राजवंशी, दीपा खनाल, सिर्जना पराजुली चापागाई निर्वाचित भएका हुन् । कुल ८३७ मतदाता रहेको पाथीभरा कालिका वन

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 311 पटक पढिएको
  • इक्वेडरमा ६.८ म्याग्नेच्युटको भूकम्पमा १५ जना भन्दा बडिको मृत्यु

    काठमाण्डौ । दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा गएको शक्तिशाली ६.८ म्याग्नेच्युटको  भूकम्पमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।क्षतिको पुर्ण बिबरण भने आउन बाकी नै छ।स्थानीय समयअनुसार शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो। सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एल‌रोमा भएको ग्रार्जियनले जनाएको छ।भूकम्पले सवारीसाधन र भवनमा क्षति पुगेको छ। भूकम्पपछि आएको पहिरोका कारण त्यहाँका सडक अवरुद्ध भएका छन्।धेरै भूकम्प गइरहने मुलुकका रुपमा रहेको इक्वेडरमा सन् २०१६ पछि गएको यो सबैभन्दा ठूलो भूकम्प हो। त्यसबेला इक्वेडरमा ७‍.८ म

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 167 पटक पढिएको
  • आज बस्ने प्रतिनिधिसभाको बैठकमा, सत्य निरूपणसम्बन्धी विधेयक पेस हुने

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पुष्पकमल दाहालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्ने सम्भावित कार्यसूची छ ।बैठकमा प्रधानमन्त्री दाहालले “संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत पेस गर्ने छन । बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 143 पटक पढिएको
  • प्रहरीमा नया ऐन ल्याउने तयारी

    काठमाडौं । गृह मन्त्रालयले नयाँ आइजिपीको नियुक्ति हुन केही दिन बाँकी रहँदा नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्नेगरी नयाँ प्रहरी ऐन ल्याउने तयारी गरेको छ ।प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका कारण वर्तमान नेतृत्व बिदा भएर नयाँ नेतृत्व आउने बेलामा सरकारले उक्त व्यवस्था हटाउने योजनासहित नयाँ प्रहरी ऐन ल्याउन लागेको हो।सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ’, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘अर्थले सहमति दिएपछि कानुन मन्त्रालयमा पठाउनुपर्छ। कानुनले रायसुझाव दिएपछि लोकसेवा आयोगमा पठाउनुपर्छ। अर्थ, कानुन मन्त्रालय र लोकसेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पेस हुन्छ। मन्त

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 180 पटक पढिएको
  • आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन

    झापा ।  त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा  चौध वर्षपछि आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ ।साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसहरुमा निर्वाचन हुन लागेको जनाइएको छ ।निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ ।प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 294 पटक पढिएको
  • जिउँदा चक्र मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा

    ४ चैत, डोटी । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ ।डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ ।अनलाइनखबरस

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 41 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.