झापा । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी केदार प्रसाद उप्रेतीले ३५४ मत प्राप्त गरेका छन् ।

समितिको उपाध्यक्षमा शर्मिला लामिछाने ३३८, सचिवमा शालिग्राम पराजुली ३६५, सहसचिवमा भरत ढकाल ३१९, कोषाध्यमा मनिता अधिकारी गौतम ३६२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विपिन निरौला, मुनिराज खरेल, सपना लिम्बू, दिलकुमार राजवंशी, दीपा खनाल, सिर्जना पराजुली चापागाई निर्वाचित भएका हुन् । कुल ८३७ मतदाता रहेको पाथीभरा कालिका वनमा ७६९ मत खसेको थियो ।