काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेको जनाएको छ। कार्यालयले प्राप्त नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत रहेको जनाएको छ।त्यसैगरी १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा रहेको तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा उल्लेख छ। हाल विवाहित पुरुष र महिलाहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
काठमाडौँ- बारा घर भएर काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका चन्दर गोसाईंको गाडीको ठक्कर बाट मृत्यु भएको छ। वर्ष ४७ का चन्दर गोसाईंको काठमाडौँ तिलगंगा आँखा अस्पताल अगाडी बा १७ च ५८६ नम्बरको दूध बोक्ने गाडीको ठक्करबाट मृत्यु भएको हो।गोसाईंलाई ठक्कर दिने गाडी र चालक भक्तपुर चामु नगरपालिका ५ का दिनेश नगरकोटी प्रहरी बिट गौशालाको नियन्त्रणमा रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।मृतक चन्दर गोसाईं विगत १० वर्षदेखि काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका थिए। मृतकको श्रीमती मात्र रहेको उनका भाइ राम एकबाल गोसाईंले बताएका छन्। दुर्घटनामा सहचालकको खुटा भाँचिएक
झापा -दाइजो कसूरका आरोपित डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीले पूर्वपक्षका लागि जेल चलान गरेका चौधरीलाई उच्च अदालत जनकपुरले राहत दिँदै धरौटीमा छोड्न आदेश दिएको हो ।उच्च अदालत जनकपुरको इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।दाइजोका कारण घरेलु हिंसामा
झापा: सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं रहेको पाइएको छ। प्राप्त नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंको जनसंख्या २०,लाख ४१ हजार ५८७ रहेको छ।यस्तै सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा रहेको छ। मनाङको जनसंख्या ५ हजार ६५८ जनाको अक्सर बसोवास रहेको नतिजामा उल्लेख छ। धेरै जनसंख्या हुने जिल्लामा काठमाडौंपछि मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन्। यस्तै, कम जनसंख्या हुने जिल्लामा मनाङपछि क्रमशः मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन्।
झापा : नेपालमा साक्षरतादर ७६.३ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकोमा देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरतादर ७६.३ प्रतिशत रहेको छ।पुरुषको साक्षरतादर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरतादर ६९.४ प्रतिशत रहेको छ। १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत थियो।पुरुषको साक्षरतादर ७५.१ प्रतिशत र महिलाको साक्षरतादर ५७.४ प्रतिशत रहेको थियो।
झापा- गोलबजार नगरपालिका–८ मा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।गोलबजारस्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा शुक्रबार बिहान भारतको पश्चिम बङ्गाल राज्यकी महिमा बिबीको मृत्यु भएको हो। पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।घाइते ३५ वर्षीया बबी बिबी र ४० वर्षीया ममता बिबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।शव परीक्षणका लागि प्रादेशिक अ
मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूको आज स्वास्थ्य राम्रो रहनेछ । टाढाबाट धन आउने, नयाँ काममा लगानी गर्ने समय छ । मनमा एकप्रकारको ढुक्कपन रहनेछ भने कामहरु सहज रुपमा सफल हुनेछन् । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला । बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ। मनमा विना कामका चिन्ताले सताउनेछन् । आँफु अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कन
काठमाडौं - भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका महिलाहरूको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त पहलमा उद्धार गरिएको हो ।‘मिसन फ्ल्याट’ नामक अभियान चलाएर यौन धन्धामा लगाइएका महिलाहरूलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो । उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायतका ज
झापा : विद्युत् चुहावटको आरोपमा सप्तरीबाट ६ जना पक्राउ परेका छन्। बिहीवार बिहान अनधिकृत रूपमा बिजुली चोरिरहेको अवस्थामा सप्तरीको विष्णुपुर गाउँपालिकाबाट उनीहरू समातिएका हुन्। पक्राउ पर्नेमा विष्णुपुर ४ का ६० वर्षीय नारायण खंग‚ ३४ वर्षका विजयकुमार मण्डल, ६१ वर्षका राजकुमार खंग, १८ वर्षका रवीन्द्रकुमार मण्डल, २४ वर्षीय डोमी राम र १८ वर्षका सुन्दरकुमार राम रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।नेपाल विद्युत प्राधिकरणका कर्मचारी र अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट अनुगमनमा निस्किएका टोलीले बिजुली चोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्
फिदिम - फिदिम नगरपालिकाको स्वास्थ्य शाख सह- संयोजक प्रवेशकुमार श्रेष्ठ मृत फेला परेका छन् । धनकुटाको चौबिसे गाँउपालिका १ छ नम्बर बुधबारे बजारमा घर भएका श्रेष्ठ केही वर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए ।बिहीबार अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उनी सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए । फिदिम नगरपालिका ४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आएका थिए ।प्रहरीका अनुसार उनी सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो । फोन गर्दा नउठेपछि कोठामा हेर्न जाँदा सुतिरहेको अवस्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.