झापा : नेपालमा साक्षरतादर ७६.३ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकोमा देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरतादर ७६.३ प्रतिशत रहेको छ।
पुरुषको साक्षरतादर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरतादर ६९.४ प्रतिशत रहेको छ। १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत थियो।
पुरुषको साक्षरतादर ७५.१ प्रतिशत र महिलाको साक्षरतादर ५७.४ प्रतिशत रहेको थियो।