फिदिम - फिदिम नगरपालिकाको स्वास्थ्य शाख सह- संयोजक प्रवेशकुमार श्रेष्ठ मृत फेला परेका छन् । धनकुटाको चौबिसे गाँउपालिका १ छ नम्बर बुधबारे बजारमा घर भएका श्रेष्ठ केही वर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए ।

बिहीबार अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उनी सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए । फिदिम नगरपालिका ४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आएका थिए ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार उनी सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो । फोन गर्दा नउठेपछि कोठामा हेर्न जाँदा सुतिरहेको अवस्थामा श्रेष्ठलाई मृत अवस्थामा भेटिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।