झापा : विद्युत् चुहावटको आरोपमा सप्तरीबाट ६ जना पक्राउ परेका छन्। बिहीवार बिहान अनधिकृत रूपमा बिजुली चोरिरहेको अवस्थामा सप्तरीको विष्णुपुर गाउँपालिकाबाट उनीहरू समातिएका हुन्। पक्राउ पर्नेमा विष्णुपुर ४ का ६० वर्षीय नारायण खंग‚ ३४ वर्षका विजयकुमार मण्डल, ६१ वर्षका राजकुमार खंग, १८ वर्षका रवीन्द्रकुमार मण्डल, २४ वर्षीय डोमी राम र १८ वर्षका सुन्दरकुमार राम रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणका कर्मचारी र अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट अनुगमनमा निस्किएका टोलीले बिजुली चोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ।