समाचार

    Showing 20,021-20,030 of 25,980 items.
  • राष्ट्रपति पौडेल अचानक शिक्षण अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 172 पटक पढिएको
  • मिटरब्याजी पीडितको आन्दोलन फिर्ता, पाँच बुँदे सहमति

    काठमाडौं    ।  आन्दोलनरत मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता लिने भएका छन्।शनिबार गृहमन्त्रालयमा भएको सहमति पश्चात मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने सहमति गरेका हुन्।गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच लिखित सहमति भएको छ।सहमतिमा अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको गृहमन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 203 पटक पढिएको
  • दोलखामा भूकम्पको धक्का

    काठमाडाैं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 198 पटक पढिएको
  • मिटरब्याज समस्याको समाधान किनारा लाएरै छोड्ने प्रचण्डको प्रतिबद्दता

    काठमाडौं  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताएका छन् ।न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएरनै दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । ऐन, कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्याको समाधान गर्ने  बताएका छन। प्रधानमन्त्रीले भने, ‘म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस्  ।’उनले गृहको टोलीसँग बार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् ।मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 213 पटक पढिएको
  • बालुवाटार प्रवेश गरे मिटरब्याजी पीडितहरु

    काठमाडौं  ।  केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि  आज बिहानै मिटरब्याज पीडित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन ।सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको थियो ।पुन: वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको थियो । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो लाग्ने छ

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 316 पटक पढिएको
  • प्रधानमन्त्रीले मिटरब्याज पीडितहरूलाई बालुवाटारमा भेट्ने

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत मिटर ब्याजपीडितलाई भेट्नका लागि बालुवाटर बोलाएका छन् । उनले शनिबार बिहान मिटर ब्याजपीडितसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।मिटरब्याजीले उठिबास लगाएपछि न्याय माग्दै पीडितहरू महोत्तरीको बर्दिबासबाट १२ दिन हिँडेरै काठमाडौँ पुगेर आन्दोलन गरिरहेका छन् । सरकारले मिटरब्याजका नाममा तराई-मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ । पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 166 पटक पढिएको
  • पाँचथरमा कार दुर्घटना हुँदा बिर्तामोडकी रश्माको मृत्यु, चार घाइते

    झापा ।  पाँचथरको फिदिम नगरपालिकास्थित ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुइसय मिटर तल खसेर सो दूर्घटना भएको हो ।ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार शुक्रबार राति करिब ८ बजे  दूर्घटना भएको थियो । झापा बिर्तामोड नगरपालिका नमुना टोल निवासी १८ बर्षिय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ४० बर्षिय सिता भुजेल, ४५ बर्षिय

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 598 पटक पढिएको
  • परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षक निधन

    काठमाण्डौ  ।    एसइई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ । रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालय धमौरा परीक्षा केन्द्रमा भइरहेको एसइई परीक्षामा सुरक्षार्थ खटिएका उनको ड्युटीमै रहेको बेला अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।मृ

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 163 पटक पढिएको
  • जिप दुर्घटना हुँदा तिनको निधन, दशजना घाइते

    काठमाण्डौ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।उहाँको अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दु

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 416 पटक पढिएको
  • गृहमन्त्रीको पहिलो निर्णय मन्त्री र सचिवले लिँदै आएको सुराकी परिचालन खर्च रोक्ने

    काठमाडौँ ।  सरकारले गृहमन्त्री र गृहसचिवले सुत्र/सुराकी परिचालनका नाममा नगद लिने २८ वर्षअघि देखि लिदैआएको खर्च खारेज गर्ने निर्णय गरेको छ ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार पदभार सम्हाल्दै सुराकी परिचालनका नाममा मन्त्री र सचिवले लिँदै आएको खर्चसम्बन्धी प्रावधान खारेजीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णयमा हस्ताक्षर गरेका हुन् ।यो प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरिने गृह मन्त्रालयले जनाएको छ ।२०४७ सालदेखि गृहमन्त्री र गृहसचिवले महालेखापरीक्षकको कार्यालयबाट समेत लेख परीक्षण नहुने गरी नगद लिँदै आएका छन् । २०५० साल जेठ १३ गतेको मन्त

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.