काठमाडौं  ।  केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि  आज बिहानै मिटरब्याज पीडित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन ।

सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको थियो ।

पुन: वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो लाग्ने छ ।

मिटरब्याज पीडित आन्दोलित भएपछि शुक्रबारमात्रै धनुषाबाट तीन जना मिटरब्याजी पक्राउ परेका छन ।