समाचार

    Showing 18,881-18,890 of 25,945 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती , गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती,&nb

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 226 पटक पढिएको
  • गिरिबन्धु टी स्टेटको जग्गा छानबिन जरुरी छैन ; ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका छन् । तर आवश्यक भए सरकारले अनुसन्धान गर्दा आफूलाई केही फरक नपर्ने ओलीको भनाइ छ ।बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी छैन । तर आवश्यक परे सरकारले अनुसन्धान गर्दा हामीलाई फरक पर्दैन ।’उनले मन लागे अनुसन्धान गर्दा फरक नपर्ने पनि बताए । ‘गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन्। बिनाकानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ। जरुरी नै छैन, गर्न

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 128 पटक पढिएको
  • भारतको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण

    काठमाडौँ । चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ ।यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ ।भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत् पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए ।‘भारत चन्द्र

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 104 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 164 पटक पढिएको
  • संघ र प्रदेशका सांसद विकास कोष कार्यक्रमलाई सर्वोच्चले रोकलगायो

    काठमाडौँ   ।   सर्वोच्च अदालतले संघीय सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्व

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 215 पटक पढिएको
  • धरानका मेयर हर्क साम्पाङ प्रहरी कार्यलयमा

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका हुन् ।मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीका भनाइ छ ।साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 395 पटक पढिएको
  • जेबी टुहुरेलाई सरकारले जनगायकको उपाधिबाट सम्मान गर्ने

    काठमाडौं । सरकारले जनगायक जुठबहादुर खड्की जेबी टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको छ ।बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।जेबी टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो।

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 183 पटक पढिएको
  • पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।मन्त्री किराँतीका पिता हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको हो । सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले बुबाले छाडेर गएको भन्दै उनको निधन भएको जानकारी दिएका छन् ।आजदेखि आफूहरु पूर्ण रुपमा टुहुरा भएको तर कर्तव्यबाट टुहुरो बन्न नमिल्ने उल्लेख गरेका छन् । मन्त्री किरातीले सारा नेपाली आफ्ना आमा बुबा भएकाले बाँकी जीवन उनीहरुको सेवामा लगाउने जनाएका छन् । बुबाको निधनले आफू निशब्द रहेको उल्लेख गर्दै बुबाप्रति हार्दिक श्रद्धान्जलि अर्पण गरेका छन् । मन्त्री किराँतीकी आमाको भने यसअघि नै निधन भइसकेको छ ।श्रद

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 203 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

    काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिए।बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 159 पटक पढिएको
  • त्रिशुली नदीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    काठमाण्डौ  । त्रिशुली नदीमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने १५ जना भन्दा बढी  घाइते हुनु भएको छ। त्रिशुलीमा खसेको बसमा यात्रा गरिरहेका ८ जनाको निधन भएको छ । बस काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको थियो ।उक्त बस बिहान ११ बजे धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । जसमा परी ८ जनाको मृत्यु भएको प्रहरीको भनाई छ।धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घाइतेमध्ये पाँच जनालाई काठमाडौं पठाइएको बताइन

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 272 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.