काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका हुन् ।

मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीका भनाइ छ ।

OM Sai Pathibhara Hospital

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडियो सार्वजनिक भएको थियो । उनले अदालतको पत्रसमेत देखाएपछि मेयर ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।