FB_IMG_1692759821121

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।मन्त्री किराँतीका पिता हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको हो । सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले बुबाले छाडेर गएको भन्दै उनको निधन भएको जानकारी दिएका छन् ।FB_IMG_1692779770187

OM Sai Pathibhara Hospital

आजदेखि आफूहरु पूर्ण रुपमा टुहुरा भएको तर कर्तव्यबाट टुहुरो बन्न नमिल्ने उल्लेख गरेका छन् । मन्त्री किरातीले सारा नेपाली आफ्ना आमा बुबा भएकाले बाँकी जीवन उनीहरुको सेवामा लगाउने जनाएका छन् । बुबाको निधनले आफू निशब्द रहेको उल्लेख गर्दै बुबाप्रति हार्दिक श्रद्धान्जलि अर्पण गरेका छन् । मन्त्री किराँतीकी आमाको भने यसअघि नै निधन भइसकेको छ ।FB_IMG_1692760216598

श्रद्धाञ्जलिका साथै उनले बुबा, आमा, दिदी र आफू रहेको २०३७ सालमा ब्रुनाईमा खिचिएको तस्बिर पनि राखेका छन् । मन्त्री किरातीका पिता पूर्व गोर्खा सैनिक हुन् ।