FB_IMG_1692779272426काठमाण्डौ  । त्रिशुली नदीमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने १५ जना भन्दा बढी  घाइते हुनु भएको छ। 

त्रिशुलीमा खसेको बसमा यात्रा गरिरहेका ८ जनाको निधन भएको छ । बस काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको थियो ।FB_IMG_1692779270164

OM Sai Pathibhara Hospital

उक्त बस बिहान ११ बजे धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । जसमा परी ८ जनाको मृत्यु भएको प्रहरीको भनाई छ।FB_IMG_1692779257609

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घाइतेमध्ये पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।

थप विवरण आउन बाँकी छ ।