समाचार

    Showing 18,791-18,800 of 25,945 items.
  • तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद

    काठमाडौँ । भारतबाट अवैध रूपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो ।भारतबाट अवैध रूपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बोर्डर आउट पोस्ट (विओपी) गडिगदियाबाट खटिएको टोलीले ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।स्थानीय बासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न सकेको छैन ।&

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 1,291 पटक पढिएको
  • नेपालगन्ज तनावग्रस्त बन्दै, अनिश्चितकालको लागि कर्फ्यु आदेश

    काठमाडौं   ।    नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु आदेश जारी गरेको छ ।सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।नेपालगञ्जमा आइतबार मुस्लिमहरुले प्रदर्शन गरेका थिए भने मंगलबार हिन्दु समुदायले शक्ति प्रदर्शन गरेको छ । त्यसअघि मंगलबार नै जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन अपिल गर्दै सद्भाव र्याली निकालेको थियो  ।नेपालगन्जमा केही दिनयता हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव बिग्रँद

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 433 पटक पढिएको
  • बझाङमा ६.३ म्याग्निच्यूडको भूकम्प

    काठमाण्डौ । बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेका छन।मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 721 पटक पढिएको
  • हुण्डीको १० लाख बरामद

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ ठमेल स्थित ज्याठाबाट प्रहरीले अवैध हुण्डीको १० लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् । ब.९१ प ९९५८ नम्बरको स्कुटरमा ज्याठाबाट सञ्चयकोषतर्फ जाँदै गरेका उनले स्कुटरको डिकीमा लुकाएको अवस्थामा प्रहरीले नगद बरामद गरेको हो । उनीमाथि कारबाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 295 पटक पढिएको
  • चार जनाविरुद्ध रु १५ करोड बिगो कायम गरी मुद्दा दर्ता

    काठमाडौँ। राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध रु १५ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नंको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 291 पटक पढिएको
  • दश लाख सहित तीन भारतीय पक्राउ

    काठमाण्डौ   ।   रुपन्देहीको बेलहिया नाका नजिकैबाट १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। अवैध भारतीय रकमसँगै भैरहवाका दुई ठुला होटलका क्यासीनोका गाडी पनि बरामद भएको छ।सशस्त्र प्रहरीले गए राती सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीयलाई पक्राउ गरेका हो। पक्राउ पर्नेमा भारतको महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत–२० सुनौलीका ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुरका ४० वर्षीय अभिनव जैसवााल र ३४ वर्षका अस्तिक त्रिपाठी रहेका छन्।पक्राउ परेका राजु कौशलको साथबाट ९ लाख र अभिनव र अस्तिक

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 167 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 184 पटक पढिएको
  • दुई सवारी एकआपसमा ठोक्किए, ९ जना घाइते

    काठमाडौं । मकवानपुरको हेटौंडामा दुई सवारी एकआपसमा ठोक्किदा ९ जना यात्रु घाइते भएका छन् ।सोमबार बिहान ८ः४० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक दुर्घटना हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश प्र.२-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍एकआपसमा ठोक्किदा दुवै सवारीका गरी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।उनका अनुसार घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको छ । दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका र दुर्घटनाक

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 124 पटक पढिएको
  • दाङमा बस दुर्घटना, १४ जना घाइते

    काठमाण्डौ   ।   दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।बस चालक रामेछाप सुनापति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 98 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे जल तथा माैसम पूर्वानसमान महाशाखाले जनाएकाे छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, म

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 221 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.