काठमाडौँ । भारतबाट अवैध रूपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो ।Screenshot_2023_1003_173127

भारतबाट अवैध रूपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बोर्डर आउट पोस्ट (विओपी) गडिगदियाबाट खटिएको टोलीले ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।Screenshot_2023_1003_173110स्थानीय बासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न सकेको छैन । बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थापाले बताए ।Screenshot_2023_1003_173049

OM Sai Pathibhara Hospital

आइतबार तस्करीको कपडा बोकेको ट्रक चोहर्वाबाट नियन्त्रणमा लिएको थियो । गएको शनिबार राजस्व अनुसन्धान बिभागको टोलीले सुकसैना नाकाबाट भित्रिएको ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो ।

तस्करीका सामान बरामद हुन थालेपछि सीमावर्ती क्षेत्रबाट ल्याइएका भन्सारछलीका सामान गोलबजार, चोहर्वा, मिर्चैया, लहानका गोदाममा लुकाएर राखेको सूचना राजस्वले पाएपछि ती ठाउँमा मंगलबार बिहान छापा मारेको छ ।Screenshot_2023_1003_195655

तस्करीको सामान लुकाएको आशंकामा मंगलबार बिहान करिब ६ बजे सिरहा नगरपालिका १८, तारापट्टिमा सशस्त्र प्रहरीले छापा हानेको छ । छापा मार्ने क्रममा ७८ पोका कपडा बरामद गरेको छ । कपडा भन्सार छली गरी ल्याएर गोदाममा राखिएको सूचनापछि राजस्वले बरामद गरेको हो ।

भारतबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नं ७ बाट ४ किलोमिटर मात्र दूरीमा रहेको गोठमा लुकाएर राखेको उक्त कपडा बरामद गरिएको सशस्त्र प्रहरी सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।

सिरहामा सशस्त्र प्रहरी बलको गण नम्बर ७ का गणपति प्रमोद भारतीकै सेटिङमा तस्करी हुँदैआएको खुलेपछि उनलाई बाहिनीमा तानिएको छ । उनीसँगै बोर्डर आउट पोस्ट माडरका डीएसपी रामहरि खड्का पनि तानिएका छन् ।

सशस्त्रका एसपी भारतीको सेटिङमा दशैंको मुखमा भन्सारछलीका सामान ल्याएका ब्यापारीहरु राजस्व अनुसन्धानले ट्रकमात्र होइन, गोदाम र गोठमा लुकाएका कपडा बरामद गरेपछि भागाभाग भएको छ । भन्सारछली गरी भित्र्याइएका कपडा झापाका  ब्यापारीको भहेको र लाइनमिलाइ कामगर्ने स्थानिय गोपाल  र दिनेश रहेको स्रोतको दाबी छ ।

कोशी प्रदेशमा सशस्त्र प्रहरिमा डिआइजी अन्जनी कुमार पोखरेल आएसी झापाको तस्करिहरु समेत मधेस प्रदेशबाट सजिलो भएकाले मधेस प्रदेशमा तस्करी मौलाएको हो। यसरी तस्करी भएको कपडा विभिन्न ट्रान्सपोटबाट काठमाण्डौ, झापा, मोरङ, सुनसरी पुग्ने गरेको छ। ट्रान्सपोटले बिलबिजक हुदा भन्दा बिलबिजक नहुदा तीन गुणा भाडा लिने गरेका छन।