काठमाडौं । मकवानपुरको हेटौंडामा दुई सवारी एकआपसमा ठोक्किदा ९ जना यात्रु घाइते भएका छन् ।

सोमबार बिहान ८ः४० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक दुर्घटना हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश प्र.२-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍एकआपसमा ठोक्किदा दुवै सवारीका गरी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको छ । दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका र दुर्घटनाको कारणबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।