काठमाण्डौ   ।   दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।

बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

बस चालक रामेछाप सुनापति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।