काठमाण्डौ । बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।FB_IMG_1696327353512

भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।

स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेका छन।

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । आज मङ्गलवार दिउँसाे चैनपुर केन्द्रविन्दु भएर आएकाे भुकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सत्यवादी मावि भाेपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चाैधरिले जानकारी दिए । घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।

भूकम्पका कारण पहिराे गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । राजमार्गका ठाउँठाउँमा पहिराे जाँदा गाडी आवतजावत राेकिएकाे छ । भूकम्पकाे थप विवरण आउन बाँकी छ ।