काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे जल तथा माैसम पूर्वानसमान महाशाखाले जनाएकाे छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

OM Sai Pathibhara Hospital

आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।