समाचार

    Showing 18,601-18,610 of 25,945 items.
  • सशस्त्र प्रहरीका तीन एसपी एसएसपीमा बढुवा सिफारिस

    काठमाण्डौ  ।   सशस्त्र प्रहरी बल, नेपालका तीन जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।प्रधान कार्यालय हलचोकले प्राविधिक समूहतर्फ रिक्त पदमा पदपूर्तिका लागि तीन जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।बढुवा समितिको मंगलबार (कात्तिक १४) को निर्णयअनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।प्राविधिक समूह स्वास्थ्यतर्फ डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ र डा. महेन्द्रराज श्रेष्ठ त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फ इन्जिनियर नानीराम हुमागाईं एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।सो सिफारिसविरूद्ध चित्त नबुझे कात्तिक २१ गतेभित्र उजुरी दिन सकिने स

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 154 पटक पढिएको
  • कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइने

    काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।महाशाखा प्रमुख डा. विवेक कर्ण लालले दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने जानकारी दिए । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औ

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 185 पटक पढिएको
  • सर्वोच्चको फैसला लगत्तै रिगल पक्राउ

    काठमाडौँ । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै बाँके प्रहरीले उनलाई पक्राउ गरेको हो ।चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 223 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 174 पटक पढिएको
  • ट्याक्टर दुर्घटना; एकको मृत्यु, १९ जना घाइते

    काठमाण्डौ । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका ७ का वर्ष १८का शालीन राना मास्केमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थबले जनाएका छन । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ सु.प.प्र.०१००२ट ६७२३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मजदुर बोकेर जोरायल गाउँपालिका-१ धोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि अस्पताल प

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 104 पटक पढिएको
  • काठमाडौँमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

    काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाडौँको गोठाटारबाट दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए। उनले भने, “प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।”यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा ला

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 98 पटक पढिएको
  • सार्वोच्चले रिगललाई आममाफी दिने सरकारी निर्णय विरुद्धको फैसला आज

    काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ।बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकेका थिए । त्यसको आज निर्णय सुनाउने तयारी छ।संविधान दिवस २०८० को अवसरमा जन्मकैदको सजाय भोगिरहेको योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफासिरसँगै ढकाललाई राष्ट्रपतिले आममाफी दिएका थिए। ढकाल कारागारमुक्त भएपछि चेतन मानन्धरकी पत

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 90 पटक पढिएको
  • आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

    काठमाडौं   ।    बिहीबार (कात्तिक १६) देखि सरकारी कार्यालयहरूको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ ।जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कायम कायम हुने सरकारी नियम छ ।  आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू अपरान्ह ४ बजे नै बन्द हुने छन् । अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका छन् । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 93 पटक पढिएको
  • सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

    काठमाडौँ । सरकारले भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । तिहार लक्षित सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको हो ।बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ । इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 114 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.