काठमाडौं   ।    बिहीबार (कात्तिक १६) देखि सरकारी कार्यालयहरूको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । 

OM Sai Pathibhara Hospital

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कायम कायम हुने सरकारी नियम छ ।  

आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू अपरान्ह ४ बजे नै बन्द हुने छन् । अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका छन् । 

शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सरकारी कार्यालयबाट सेवा प्रवाह हुन्छ ।