काठमाण्डौ । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका ७ का वर्ष १८का शालीन राना मास्केमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थबले जनाएका छन । 

भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ सु.प.प्र.०१००२ट ६७२३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मजदुर बोकेर जोरायल गाउँपालिका-१ धोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

OM Sai Pathibhara Hospital

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेहरूको परिचय खुल्न बाकी छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।